१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्रिमण्डल हेरफेरमा हतारो छैन : प्रचण्ड



अ+ अ-

काठमाडौँ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले मन्त्रिमण्डल हेरफेरमा हतारो नभएका बताएका छन् । दाहालले हेरफेर गर्ने परेपनि प्रधानमन्त्री केपी ओलीसँग छलफल नगरी हेरफेर नहुने स्पष्ट पारेका छन् ।

मंगलबार विराटनगर पुगेका प्रचण्डले आफू मन्त्रिमण्डल हेरफेरका विषयमा प्रधानमन्त्री अ‍ेलीसँग कुरा गरेर आएको बताए । ‘म हेरिहेको छु,’ प्रधानमन्त्री ओलीले आफूलाई भनेको बताउँदै प्रचण्डले भने,‘दुई अध्यक्षका बीचमा सल्लाह गरेर गर्ने पर्‍यो भने हेरफेर हुनुपर्छ । तर अहिले हतारो छैन भन्ने भयो ।’

दाहालले भने ‘ हेरफेरको कुरा प्रधानमन्त्रीले कसरी हिसाव गर्नु भएको छ त्यसमा भर पर्छ ।

प्रधानमन्त्री ओलीले मन्त्रीहरुको काम कारवाहीलाई हेरिरहेको भन्दै प्रचण्डले त्यसको आधारमा मन्त्रिमण्डल पुनर्गठन हुने बताए ।