१६ भाद्र २०८३, मंगलवार
,
Latest
भदौ १० को बाढीले सोधेको प्रश्न: हामी व्यस्त मात्र छौँ कि व्यवस्थित पनि? बुद्धशान्ति गाउँपालिकाद्वारा उद्धार कोषमा रु ३२ लाख ५५ हजार सहयोग भोटेकोशी बाढीः सम्पर्कविहीनको खोज तथा उद्धार तीव्र भोटेकोशी बाढीः गोरखामा थप सात शव व्यवस्थापन सूचना दिने नाममा पीडितका आँखामा आँशु नथपौँ लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीहरूद्वारा पारिश्रमिकबाट बाढीपीडितलाई सहयोग वर्षाैँसम्म ठेक्का अलपत्र पार्ने प्रवृत्तिको अन्त्य गर्छाैँः मुख्यमन्त्री भट्ट प्रधानमन्त्री दैवी प्रकोप कोषमा सहयोग संकलन जारी बाढी प्रभावित क्षेत्रका अधिकांश स्थानमा विद्युत् र सञ्चार सेवा पुनःस्थापना बाढी प्रभावितको उद्धार र पुनर्स्थापनाका लागि सिप्रदी र भोटेकोशी पावरद्वारा ५ करोड १ लाख सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्रिमण्डल हेरफेरमा हतारो छैन : प्रचण्ड



अ+ अ-

काठमाडौँ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले मन्त्रिमण्डल हेरफेरमा हतारो नभएका बताएका छन् । दाहालले हेरफेर गर्ने परेपनि प्रधानमन्त्री केपी ओलीसँग छलफल नगरी हेरफेर नहुने स्पष्ट पारेका छन् ।

मंगलबार विराटनगर पुगेका प्रचण्डले आफू मन्त्रिमण्डल हेरफेरका विषयमा प्रधानमन्त्री अ‍ेलीसँग कुरा गरेर आएको बताए । ‘म हेरिहेको छु,’ प्रधानमन्त्री ओलीले आफूलाई भनेको बताउँदै प्रचण्डले भने,‘दुई अध्यक्षका बीचमा सल्लाह गरेर गर्ने पर्‍यो भने हेरफेर हुनुपर्छ । तर अहिले हतारो छैन भन्ने भयो ।’

दाहालले भने ‘ हेरफेरको कुरा प्रधानमन्त्रीले कसरी हिसाव गर्नु भएको छ त्यसमा भर पर्छ ।

प्रधानमन्त्री ओलीले मन्त्रीहरुको काम कारवाहीलाई हेरिरहेको भन्दै प्रचण्डले त्यसको आधारमा मन्त्रिमण्डल पुनर्गठन हुने बताए ।