१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

आठ लाखभन्दा बढीको धनमाल चोरी, चोर फरार



अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिका–२६ कपुरधारामा डेरा गरी बस्ने धादिङ त्रिपुरासुन्दरी गाउँपालिका–४ का अमृतकुमार श्रेष्ठको कोठामा चोरी भएको छ । श्रेष्ठको कोठाबाट नगद रु एक लाख ५० हजारसहित सुनका गरगहना गरी रु दुई लाख ४० हजार बराबरको धनमाल चोरी भएको हो ।

यसैगरी काठमाडौँ महानगरपालिका–१४ बल्खुस्थित मकवानपुर बज्रबराहीका २४ वर्षीय प्रयास बलामीको निकुञ्ज ट्रेड प्रालिबाट विभिन्न कम्पनीका मोबाइल, पेनड्राइभ र मेमोरी कार्ड चोरी भएको छ ।

प्रहरीका अनुसार करीब रु पाँच लाख ७७ हजार बराबरको धनमाल चोरी भएको हो । चोरीमा संलग्न भएका फरार रहेकाले खोजी जारी रहेको प्रहरीले जनाएको छ ।