१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

ढुङगाले हानेर हत्या गरिएकोे अवस्थामा शव फेला



अ+ अ-

बझाङ । बझाङको सदरमुकाम चैनपुरमा एक जनाको शव भेटिएको छ । सुर्मा गाउँपालिका वडा नं १ घर भएका ३५ वर्षीय धर्कबहादुर बोहराको शव फेला परेको प्रहरी नायब उपरीक्षक प्रविण धितालले बताए ।

उपरीक्षक धितालका अनुसार बोहराको शव ढुङगाले हानेर हत्या गरिएको अवस्थामा सदरमुकाम चैनपुरको चौगाई टोलमा फेला परेको हो ।


हत्या किन र के कारणले भएको भन्ने खुल्न सकेको छैन । स्थानीयबासिन्दाले बुधबार बिहान सडकमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । मृतक बोहराको टाउको र अनुहारमा चोट देखिएको छ ।