३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ? News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह

देवतालाई सन्तुष्ट बनाउने नाममा छाउप्रथा कायमै

देवतालाई सन्तुष्ट बनाउने नाममा छाउप्रथा कायमै
अ+ अ-

दैलेख । दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–६ की तुलसी शाहीको गत असारमा महीनावारी हँुदा छाउगोठमा सर्पले डसेर ज्यान गयो ।

तुलसी शाहीकी आमा धिर्जा शाहीको रजस्वला भएका बेला वर्षौदेखि छाउगोठमै बसेर अंध्यारो रात बिताउनुपरेको फरक अनुभव छ । छोरीलाई सम्झदै गहभरी आँसु पारेर धिर्जा भन्नुहुन्छ, “देवतालाई सन्तुष्ट बनाउने नाममा छाउगोठमा बस्छाँै, देवता खुशी बनाउने नाममा छोरीको मृत्यु भयो ।

आफूपनि यसै मरिन्छ की भन्ने डर उहाँलाई छ । छाउगोठमा बसेर जीवन बिताउनुपर्ने बाध्यता एकातिर छ भने रजस्वलाको समयमा न पोसिलो खानेकुरा खान पाइन्छ, न त सुरक्षित बास । २०७५ साल असार २२ गते १९ वर्षीय छोरीको मृत्यु भएपछि धिर्जा देवताका नाममा महिलालाई गरिने विभेदका कारण छोरीको मृत्यु भएको बताउनुहुन्छ ।

उहाँ जस्तै गुराँस गाउँपालिका–८ की लालीसरा खड्काले आफू रजस्वला हुन शुरु भएदेखि नै छाउगोठमा बस्दै आएको पीडा सुनाउनुभयो । रजस्वला भएका बेला विगत १५ वर्ष यता छाउगोठमा बस्दै आएको छु ।

उहाँले छाउगोठमा बस्दा विभिन्न थरिका पीडा भोग्नुभएको छ । “त्यहाँ बस्दा सर्पलगायत अन्य विषालु जीवजन्तुको डर त छदैछ, मध्यरातमा मति बिग्रेका मानिस पनि छिर्नपछि पर्दैनन् ।” उहाँले भन्नुभयो, “छाउ भएका बेला पोसिलो खानेकुरा खानुपर्छ, सरसफाइमा ध्यान दिनुपर्छ भन्ने थाहा पाएर मात्र के गर्नु आफ्नो अवस्था सोचेजस्तो हँुदैन ।”

भैरवी गाउँपालिकाको–५ मा पर्ने दलित बस्तीमा छाउप्रथा मान्ने कुप्रथा झनै छ । त्यहाँका महिला तथा किशोरी रहरले भन्दा पनि बाध्यताले आफू रजस्वला भएका बेला छाउगोठमा बस्नु परेका बताउँछन् । सोही गाउँकी मनिसा नेपालीले भन्नुभयो, “हाम्रो गाउँमा रुढीवादी परम्परा यस्तै छ, घरभित्र बसे आमाबुबाले देवता रिसाउँछन् भन्नुहुन्छ, देवताले परिवारमा क्षति पु¥याउँछन् भनेर घरभित्र बस्न दिनुहँुदैन्, महिनावारी हुँदा हाम्रो बास गोठ या खुल्ला आकासमुनिको हो ।”

परिवारका अन्य सदस्यको दबाबका कारण पनि आफूहरु चिसो, तातो, सुरक्षित या असुरक्षित जे भए पनि आफूहरु केही नभनि छाउगोठमा बस्नु बाध्यता भएको बताउनुहुन्छ । सोही दलित बस्तीकी शान्ति विकले दुखेसो पोख्दै भन्नुभयो ।

“छाउ भएका बेला परिवारका कारण घरमा बस्न पाइदैन्, वर्षाको समयमा त सर्पको साह्रै डर लाग्छ ।” घरपरिवारका बुढापाकाले महिनावारी हुँदा घरको दलानमा सम्म जान नदिने उहाँको भनाइ छ ।

चामुण्डा बिन्द्रास नगरपालिकाकै–४ कि २४ वर्षीया लालसरा विकलाई पनि छाउगोठमै जीवन त्याग्नु प¥र्यो । छाउगोठमा बसिरहेका बेला उहाँको पनि सर्पले टोकेर मृत्यु भएको हो । विगतका वर्षमा पनि छाउगोठमै बसिरहेका बेला दैलेखका धेरै महिलाले ज्यान गुमाएका छन् ।

यी त केही प्रतिनिधिमूलक उदाहरण मात्रै हुन् । जिल्लाका अधिकांश ग्रामीण बस्तीहरुका महिलाहरु रजस्वला भएको समयमा छाउगोठमै बस्ने गरेको तितो वास्तविकताले समाजलाई जिस्काइरहेको छ । सोहि दलित बस्तीमा करीब ६० घरधुरी बसोबास गरिरहेका छन् ।

बिडम्बना, ति सबै घरमा अलग्गै छाउगोठ छ । सोही गाउँका दलित अगुवा खगेन्द्र नेपालीले समाजमा कुरीति घट्नुका साटो थप बढ्दै गइरहेको बताउनुहुन्छ । उहाँ भनुहुन्छ, “देउता लाग्ने भन्दै पहिलेदेखि नै छाउ वार्ने गरिएको छ, यसको अन्त्यका लागि भन्दै समाजमा धेरै कार्यक्रम भए तर नामका मात्रै ।”

“जिल्लाका ग्रामीण बस्तीमा पुगेर गरिएका अभियान लगायतका कार्यक्रमले उपलब्धीमूलक देखाउन सकेन्, पहिले गाउँ जस्तो थियो अहिले पनि त्यस्तै छ, कतिपय घटना अझै चर्चामा आउन सकेका छैनन्”, नेपालीले भन्नुभयो ।

“छाउ उन्मूलनका लागि सरकारले जनचेतनामूलक सम्बन्धी प्रभावकारी कार्यक्रम ल्याउनुपर्छ”, उहाँले भन्नुभयो, “त्यस्तो कार्यक्रम स्थानीयवासीको घरदैलोसम्म पुग्नुपर्छ र यसको अनुगमन पनि प्रभावकारी रुपमा हुनुपर्छ ।”