६ पुष २०८२, आईतवार
,
Latest
वर्तमान सरकारले जेन–जीको नेतृत्व गर्न सक्दैनः मिराज ढुंगाना धार्मिक पर्यटनको गन्तव्य बन्दै उत्तरगङ्गा ढोरबराह सभामुख घिमिरेसँग चिनियाँ राजदूत सोङको बिदाइ भेट विधायन ऐन कार्यान्वयनमा सरकार सक्रियः कानूनमन्त्री सिन्हा सरकारलाई राष्ट्रिय सभाका सांसदहरुको प्रश्नः तोकिएको मितिमा निर्वाचन हुन्छ कि हुँदैन ? नोरा फतेहीको कार गम्भीर दुर्घटनामा पर्यो ओढारमा रात कटाउनुपर्ने अवस्थाको अन्त्य चिसोले गरिब बस्तीको जनजीवन कष्टकर तेस्रो टेस्टमा इङ्गल्याण्डलाई ८२ रनले पराजित गर्दै अष्ट्रेलियाले लगातार पाँचौं पटक एशेज उपाधि जित्यो भरुवा बन्दुक पड्किँदा युवकको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

८० खसीसहित तीन भारतीय पक्राउ



अ+ अ-

काठमाडौँ । भारतबाट अवैधरूपमा नेपाल भित्र्याएको खसीबोकासहित तीन जनालाई बुधबार नेपालगञ्जबाट प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय नेपालगञ्जबाट खटिएको प्रहरी टोलीले उपमहानगरपालिका–१३ स्थित रामबागबाट रु १२ लाख मूल्य बराबरको ८० खसीसहित तीन जनालाई पक्राउ गरिएको प्रहरी निरीक्षक डाँगीले जानकारी दिए । पक्राउ पर्नेमा नेपालगञ्ज–१६ जयसपुर बस्ने फहिम कुरेसी, जाकिर कुरेसी र रहिस कुरेसी रहेका छन् ।

“भारतबाट भन्सार छली अवैधरूपमा खसीको चोरी पैठारी गरेको सूचनाको आधारमा खटिएको टोलीले ट्रकमा लोड गरेको अवस्थामा खसी नियन्त्रणमा लिएको हो” वडा प्रहरी प्रमुख डाँगीले भने, “यति ठूलो मात्रामा खसी पक्राउ परेको यो पहिलो पटक हो ।”

खसीबोकासहित पक्राउ परेका तीनैजनालाई आवश्यक कारवाहीका लागि नेपालगञ्ज भन्सार कार्यालयमा पठाइएको उनले जानकारी दिए ।