१९ भाद्र २०८३, शुक्रबार
,
Latest
अब पुनरुत्थानमा नमुना काम गर्नुपर्छः मन्त्री रावल भोटेकोशी बाढीः माथिल्लो त्रिशूली–३ ‘ए’ मा खोज तथा उद्धार निरन्तर भोटेकोशी बाढी: पाँच हजार ३८४ जनाको उपचार आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै नगरवासीलाई मनोसामाजिक सहयोग उपलब्ध गराउँदै हेटौँडा उपमहानगर एनएसजेएफ पल्सर अवार्डः चन्द्र र एरिका ‘वर्ष उत्कृष्ट खेलाडी’ घोषित बाढीका कारण तीन खर्ब ८७ अर्बको क्षति भएको प्रारम्भिक अनुमान भोटेकोशी बाढीपछि उद्धार तथा राहत प्रभावकारी बनाउन रास्वपाद्वारा ध्यानाकर्षण इजरायली राजदूतद्वारा मुख्यमन्त्री आचार्यसँग शिष्टाचार भेट
तपाईं के खोज्दै हुनुहुन्छ ?

छोरी सुबिहानीको जन्मदिनको अवसरमा क्रिकेट रङ्गशालाका लागि एक लाख सहयोग



अ+ अ-

काठमाडौँ । चर्चित हाँस्यकलाकार तथा समाजसेवीद्वय सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ ले ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’निर्माणका लागि एक लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोगको घोषणा गरेका छन् । आफ्नो छोरी सुबिहानीको जन्म उत्सवको अवसरमा धुर्मुस सुन्तलीले कुनै विशेष कार्यक्रमको आयोजना नगरी रङ्गशाला निर्माणमा सहयोग गरेका हुन् ।

बिहीबार बिहान एक स्टाटस पोस्ट गर्दै धुर्मुस–सुन्तलीले छोरी को जन्मदिनको अवसरमा सहयोगको घोषणा गरेको बताएका छन् ।

‘हाम्री प्यारी छोरी सुबिहानीको जन्मदिनको अवसरमा हामी निर्माणाधीन रङ्गशालाका लागि सहयोग गर्न चाहान्छौँ’, उनले लेखेका छन्, ‘हाम्रा हरेक बिशेष अवसरलाई यसरी नै समाजसेवा र राष्ट्र निर्माणमा लगाउने हो भने यो देश हाम्रै पालामा बन्ने छ ।’

अहिले ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’को फिल्डको काम भैरहेको छ । केही समयमै रङ्गशालाको डीपीआर र डिजाइनको काम सम्पन्न हुने धुर्मुस–सुन्तली बताउँछन् ।