६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वराजा ज्ञानेन्द्रको मधेश दैडाहा भव्य, ‘राजा आउ, देश बचाऊ ’ को नारा



अ+ अ-

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह आज सर्लाही पुगेका छन् । मधेश भ्रमणका लागि हिजो जनकपुर हुँदै शाह आज सर्लाही पुगेका हुन् ।

पूर्वराजा शाहको स्वागतमा १२ ठाउँमा प्रवेशद्धार बनाईएको थियो । पूर्व राजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाहको तस्विर राखेर श्री ५ लेखेर सम्बोधन गरिएको ब्यानर जताततै झुण्ड्याइएको थियो ।

सडकको दुईतिर उभिएर‘राजा आउ, देश बचाऊ ’, ‘राजा आउ, देश बचाउ नारा’ लगाउँदा राजतन्त्रको झझल्को दिइरहेको थियो । ’ ‘हाम्रो राजा, हाम्रो देश, प्राण भन्दा प्यारो छ’ भन्ने नारा लगाएका थिए ।

मलङ्गवाको भगवती मन्दिरमा उनी सात मिनेट पुजा गरेर उनी त्यहँको जानकी फ्यामिली एण्ड पार्टी प्यालेसमा विश्रामका लागि फर्केका छन् । त्यहाँ उनले विभिन्न राजनीतिक दलका नेता तथा समाजसेवीसँग भेटघाट पनि गरिरहेका छन् ।

सर्लाहीबाट उनी आजै जनकपुर फर्किने कार्यक्रम रहेको छ । जनकपुरबाट उनी उदयपुरको गाइघाट जानेछन् ।