६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

गुडिरहेको ट्याक्टरको टायर उछिट्टिएर लाग्दा एक जनाको मृत्यु



अ+ अ-

वीरगञ्ज । गुडिरहेको ट्याक्टरको टायर उछिट्टिएर लाग्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मकवानपुरको हेटौंडा उपमहानगरपालिका घर भएका ४० वर्षीय दिपेन्द्र गुरुङ रहेका छन् ।

ना१प २६२६ नम्बरको मोटरसाइकलमा वीरगञ्जतर्फ र्फकने क्रममा वीरगञ्ज महानगरपालिका–१९ विन्दवासिनी चोकमा बिहीबार राति ९ बजेतिरको समयमा विपरीत दिशाबाट आइरहेको ना३त ३६९३ नम्बरको ट्याक्टरको टायर उछिट्टएिर उनलाई लागेको थियो ।

टायरले लागेर गम्भीर घाइते भएका गुरुङको एलएस न्युरो अस्पताल पानीट्याङकी वीरगञ्जमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी मानबहादुर राईले जानकारी दिए ।

ट्याक्टर चालक फरार रहेको तर ट्याक्टर धनीको पहिचान भइसकेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

गुरुङ पर्साको सखुवा प्रसौनी गाउँपालिकामा कार्यरत ईन्जिनियर थिए ।