८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट News Polar दोभान बजारमा आगलागी News Polar खाद्य स्वच्छता तथा गुणस्तर ऐन संशोधनसम्बन्धी मस्यौदामा सुझाव माग News Polar ग्यास आपूर्ति सहज बनाउन ‘क्रिटिकल पाथ’ मा काम भइरहेको छः उद्योगमन्त्री साह News Polar कांग्रेस महाधिवेशनः पालिकाअन्तर्गत ६६ जिल्लाका ६३० मा निर्वाचन सम्पन्न News Polar हिमालय एयरलाइन्सले काठमाडौं–साङ्घाई–काठमाडौं उडान पुनः सञ्चालन गर्ने News Polar सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने News Polar भारी वर्षाको सम्भावनासँगै लमजुङका पाँच पालिकामा विद्यालय बन्द News Polar एमालेद्वारा पुरानो संसद् पुनस्र्थापनाको मुद्दा छिटो टुंग्याउन सर्वोच्चलाई आग्रह News Polar २२ वर्षपछि काठमाडौंमा सम्यक् महादान आयोजना हुँदै News Polar स्रोतबाटै फोहोर वर्गीकरण अनिवार्य गरिने

दुई भारतीय प्रहरी एक रात नेपाल प्रहरीको चिसो खोरमा !

दुई भारतीय प्रहरी एक रात नेपाल प्रहरीको चिसो खोरमा !
अ+ अ-

दाङ । बर्दीसहित दाङ आइपुगेका दुई भारतीय प्रहरीलाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा मुजफ्फरपुर थाना तिलाहर उत्तरप्रदेशमा कार्यरत थानेदार भिके मौर्य र हेड कन्स्टेबल महोम्मद अनिस रहेका छन् ।

बाँकेको रुपैडिहा नाका हुँदै बिहिबार नेपाल आएका उनिहरुलाई अनुसन्धानका लागि पक्राउ गरिएको हो । स्थानियका अनुसार दुई बर्दीधारीसहित ७ जना भारतीय नम्बर प्लेटको गाडीमा दाङ आएका थिए । अनुसन्धानका क्रममा ५ जना भने गैरप्रहरी रहेको जिल्ला प्रहरी प्रमुख एसपी बेलबाहदुर पाण्डेले बताए ।

‘बाँकेको सीमा क्षेत्रबाट दाङ पुग्न करिब १ सय ५० किलोमिटरको यात्रा गर्नुपर्छ । थुप्रै ठाउँमा गाडी चेकजाँच पनि हुन्छ । “एसपी पाण्डेले” भने, दाङ र बाँकेको सीमा क्षेत्रमा पर्ने बाँके राष्ट्रिय निकुञ्जमा नेपाली सेनाले गाडीको दर्तासँगै खानतलासी गर्छ । यस्तो अवस्थामा बर्दीमै रहेका भारतीय प्रहरी दाङ आइपुग्नु आश्चर्यको बिषय हो ।’

एसपी पाण्डेका अनुसार दाङको ईट्टाभट्टामा कार्यरत भारतीय कामदारका बिषयमा मानव बेचबिखन मुद्दा भएकाले अनुसन्धान गर्न आएको बताए । आपराधिक घटनामा अर्को देश पुगेर अनुसन्धान गर्दा दुई देशबीच समन्वयन हुनुपर्ने भएपनि उनिहरुले कुनै समन्वयन नगरेको कारण पक्राउ गरिएको एसपी पाण्डेले बताए ।

उनिहरुलाई एक रात नियन्त्रणमा लिएर भारत फिर्ता गरेको एसपी पाण्डेले बताए ।