११ असार २०८३, बिहीबार
,
Latest
रास्वपा महाधिवेशनमा गृहमन्त्री सुधन गुरुङद्वारा मतदान बाढीपहिरोबाट निर्माणाधीन कसुवाखोला हाइड्रोपावरमा क्षति तातो हावाको लहर कायमै रहने सम्भावना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट प्रदेशसभा खारेजको बहसमा बाबुरामको चेतावनी, ‘संघीयता भत्काउने निर्णय ठूलो भूल हुन सक्छ’ साना नदीमा आकस्मिक बाढीको जोखिम, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह महामन्त्री पौडेलको प्रश्न: अन्तर्राष्ट्रिय बजारमा तेल सस्तो, नेपालमा किन अझै महँगो ? उपराष्ट्रपति यादव स्वागत समारोहमा सहभागी दक्षिण कोरियामाथि अफ्रिकाको रोमान्चक जित ज्येष्ठ शुक्ल एकादशीः घरघरका मठमा तुलसीको दल राखिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

विप्लवमाथि प्रतिबन्धबारे मलाई थाहा छैन– देउवा



अ+ अ-

पाल्पा । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपामाथिको सरकारले लगाएको प्रतिबन्धबारे आफूलाई थाहा नभएको बताएका छन् ।
उनले भने– यस विषयमा मलाई केही थाहा छैन, सरकारले सोधेको पनि छैन । उक्त समूहमाथि प्रतिबन्ध लगाउने विषयमा देउवाले सहमति दिएको भनी समाचारहरु सार्वजनिक भएपछि आज देउवाको यो भनाई आएको हो ।
प्रेस युनियन पाल्पा शाखाले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले विप्लवलाई सहमतिमा ल्याउन सरकारले वार्ता गर्नुपर्ने बताए । उनले उक्त पार्टीलाई हत्याहिंसा छोडेर वार्तामा आउन आग्रह पनि गरेका छन् ।
नेपाली कांग्रेसले देशलाई हिन्दु राष्ट्र घोषणा गर्नुपर्ने पक्षमा के गर्ला भन्ने सञ्चारकर्मीकोे प्रश्नमा देउवाले संविधानमा जे व्यवस्था छ त्यसैलाई कांग्रेसले मान्ने बताए ।
सभापति देउवाले कांग्रेस पूर्वसभापति गिरिजाप्रसाद कोइरालाले धर्म निरपेक्षताको नेतृत्व गरेको स्मरण गर्दै त्यसैले शेखर र शशांक कोइरालाले हिन्दु राष्ट्रका पक्षमा आवाज उठाउन नहुने धारणा राखे । उनीहरु बोलेर केही नहुने देउवाको धारणा थियो ।
वर्तमान सरकारले नेपालको प्रेसमाथि अंकुश लगाउने कार्य गर्न खोजेको उनको दाबी थियो । यस्तो कार्य सहन नसकिने सभापति देउवाले बताए ।