८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट News Polar दोभान बजारमा आगलागी News Polar खाद्य स्वच्छता तथा गुणस्तर ऐन संशोधनसम्बन्धी मस्यौदामा सुझाव माग News Polar ग्यास आपूर्ति सहज बनाउन ‘क्रिटिकल पाथ’ मा काम भइरहेको छः उद्योगमन्त्री साह News Polar कांग्रेस महाधिवेशनः पालिकाअन्तर्गत ६६ जिल्लाका ६३० मा निर्वाचन सम्पन्न News Polar हिमालय एयरलाइन्सले काठमाडौं–साङ्घाई–काठमाडौं उडान पुनः सञ्चालन गर्ने News Polar सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने News Polar भारी वर्षाको सम्भावनासँगै लमजुङका पाँच पालिकामा विद्यालय बन्द News Polar एमालेद्वारा पुरानो संसद् पुनस्र्थापनाको मुद्दा छिटो टुंग्याउन सर्वोच्चलाई आग्रह News Polar २२ वर्षपछि काठमाडौंमा सम्यक् महादान आयोजना हुँदै News Polar स्रोतबाटै फोहोर वर्गीकरण अनिवार्य गरिने

चन्दा आतंकले बैदेशिक रोजगार व्यावसायीमा त्रास

चन्दा आतंकले बैदेशिक रोजगार व्यावसायीमा त्रास
अ+ अ-

काठमाडौँ — नेक्रवित्रम चन्द नेतृत्वको नेकपाको युवा संगठनले वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङको बसुन्धरास्थित निवासमा विस्फोट गराउनुको मुख्य कारण चन्दा नै रहेको पाइएको छ । व्यवसायीका अनुसार युवा संगठनले सबै म्यानपावर व्यवसायीसँग समन्वय गरी चन्दा दिन अध्यक्ष गुरुङसमक्ष माग गरेका थिए ।
गुरुङले व्यवसायीको अवस्था नाजुक रहेको भन्दै तत्काल चन्दा दिन नसक्ने बताए । संगठनले चन्दा मागेको चिठी फिर्ता लग्यो । त्यसको केही दिनपछि गुरुङको घरमा निकै शक्तिशाली बम विस्फोट गराए ।
चन्दा नदिएकै कारण मानवीय क्षति हुने गरी विस्फोट गराएपछि वैदेशिक रोजगार व्यवसायी त्रसित छन् । विस्फोटपछि सरकारसँग छलफल गर्न व्यवसायीले बनाएको घटना समन्वय समितिका संयोजक दिलप्रसाद पोखरेलले व्यवसायीहरू चन्दा आतंकबाट पीडित भएको बताए । ‘झन्डै ६० प्रतिशत म्यानपावर व्यवसायीलाई चन्दा दिन पत्र आएको छ,’ उनले भने, ‘यो विषय लुकेर लुक्ने होइन । व्यवसायीहरू यस्तो अवस्थामा चन्दा दिन सक्ने हैसियतमा छैनन् ।’
चन्द समूहले ठूला म्यानपावरलाई ३ लाख र सानालाई १ लाखसम्म चन्दा दिन पत्र काटेको छ । ‘सिधा चन्दा दिन अप्ठ्यारो पर्नेलाई विज्ञापनका रूपमा पनि मागिएको छ,’ उनले भने, ‘म्यानपावरले आफ्नै खल्तीबाट रकम दिने होइन । चन्दा माग्नु भनेको कामदारसँग अनावश्यक पैसा उठाउन दबाब दिनु हो ।’

उनले चन्दा आतंकले झन् ठूलो रूप लिँदै जाने अवस्था देखिएको बताए । ‘अहिले केहीले दिएका छन्, मागेको जति दिन सकिएको छैन । यो थप बढदै जान्छ । १० हजार मागेको ठाउँमा २ हजार दिएर पठाइएको होला । फेरि अर्को महिना माग्न आइहाल्छन्,’ उनले भने, ‘अब चन्दा आतंकलाई रोक्ने उपाय नै वार्ता नै हो ।’
पछिल्लो समयमा वैदेशिक रोजगारको क्षेत्र धराशायी छ । गत जेठदेखि मलेसियाको श्रम बजार बन्द छ । खाडी क्षेत्रमा पहिला जस्तो कामदारको माग आएको छैन । मलेसिया बन्द हुँदा मात्रै चार सय म्यानपावरको काम ठप्पझैं छ । वैदेशिक रोजगार विभागले सरकारले तोकेभन्दा बढी सेवा शुल्क लिने म्यानपावरमाथिको कारबाही थालेको छ । ‘हामीले कहाँबाट रकम ल्याउने ? आफ्नै कार्यालयको भाडा र कर्मचारीलाई तलब खुवाउन सकिएको छैन,’ एक व्यवसायीले कान्तिपुरलाई भने, ‘जबर्जस्ती चन्दा मागिएको छ । नदिँदा आफूमाथि आक्रमण हुन्छ भन्ने डर ।’

अध्यक्षमाथिको आक्रमणले व्यवसायीहरू मानसिक रूपमा कमजोर भएको पोखरेलले बताए । ‘हामीमाथि परेको समस्याबारे प्रधानमन्त्रीसमक्ष राख्यौं, यसलाई प्रधानमन्त्रीले गम्भीर रूपमा लिनुभएको देखियो,’ उनले भने, ‘श्रममन्त्रीले आफ्नो नेतृत्वमा गृहमन्त्रीसमक्ष गएर सुरक्षाको प्रत्याभूति दिलाउने वचन दिनुभएको छ । यसबाट हामीलाई थोरै भए पनि राहत मिलेको छ ।’
विस्फोटपछि गत आइतबारको व्यवसायी भेलाले सुरक्षाको प्रत्याभूति नभए अनिश्चितकालसम्म आफ्नो व्यवसाय बन्द गर्ने निर्णय गरेका थिए । ‘सरकारबाट हामीलाई सुरक्षाको प्रत्याभूति हुने कुरामा शंका नगर्न आग्रह भएको छ । हामीलाई विश्वस्त बनाउने प्रयास पनि भएको छ,’ उनले भने । विस्फोटपछि संघको चैत २६ गते हुने निर्वाचनसहितको साधारणसभा स्थगित भएको छ । व्यवसायीहरू भयभीत भएको अवस्थामा साधारणसभा गर्न नसक्ने संघले जनाएको छ ।
(कान्तिपुर दैनिकमा खबर छ)