३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल News Polar युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन News Polar नेपाल भौगोलिक र राजनीतिक दुवै हिसावले संवेदनशील–विद्यादेवी भण्डारी News Polar होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी News Polar आर्थिक संकटबिच बोलिभियाले आईएमएफको एक दशमलव नौ अर्ब डलर ऋण लिने News Polar बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ? News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज

पृथ्वी र अन्तरिक्ष दिनहुँ एकपटक आमनेसामने, वायुमण्डल हराउँदै, नासा छक्क

पृथ्वी र अन्तरिक्ष दिनहुँ एकपटक आमनेसामने, वायुमण्डल हराउँदै, नासा छक्क
अ+ अ-

वासिङ्टन । पृथ्वीको वायुमण्डलमा एउटा अनौठो घटना देखिएको छ । उत्तरी ध्रुवमाथि करिब २५० माइल (४०२ किमी) को उचाइमा, पृथ्वीको चुम्बकीय क्षेत्रमा खुल्ने फनेल आकारको खाडल फेला परेको छ र यो दिनमा एक पटक मात्र देखिन्छ। यसलाई सूर्य उच्चतम विन्दुमा भएका बेला अर्थात स्थानीय समयअनुसार दिउँसो मात्र देख्न सकिन्छ । यद्यपि यो धेरै चिन्ताको विषय होइन किनकी उत्तरी ध्रुवको चुम्बकीय क्षेत्रले सूर्यका कणहरूलाई पृथ्वीमा पुग्नबाट रोक्छ।

दि मिररको समाचारमा यसको जानकारी दिइएको छ । समाचारअनुसार नयाँ ग्यापले स्याटलाइट र स्पेसक्राफ्टका लागि समस्या उत्पन्न गर्न सक्छ। यसलाई नियालिरहेका नासाका वैज्ञानिकहरुले पनि सो क्षेत्रमा रेडियो र जीपीएस सङ्केतमा व्यवधान उत्पन्न गरेको देखेका छन् । यो ग्याप खुल्दा सो क्षेत्रबाट गुज्रिने कुनै पनि विमानको गति धिमा हुन्छ । नासाले यसो हुनुको कारण खोजिरहेको तर अहिलेसम्म यसमा सफलता प्राप्त नभएको बताएको छ । 

यसका लागि नर्वेबाट एउटा साउण्डिङ रकेट तयार गरेर परीक्षण गरिनेछ । युनिभर्सिटी अफ अलास्का फेयरब्याङ्क्सका प्रमुख अनुसन्धानकर्ता तथा भौतिकविद मार्क कोण्डरले पृथ्वीबाट २५० माइलको उचाइमा उड्दा स्पेसक्राफ्ट जब यो क्षेत्रबाट जान्छ त्यतिबेला उसले अधिक तन्काइ भएको महसुस गर्छ, जस्तो कि कुनै स्पिड ब्रेकरसँग ठोक्किएको होस् । नासाका अनुसार आयनमण्डलमा विद्युत् र चुम्बकीय प्रभाव नै सो ग्याप हुनु एउटा प्रमुख कारण हुनसक्छ । 

केही दिनअघि पृथ्वीको दक्षिणी ध्रुवमा ओजोन तहमा हरेक वर्ष एउटा प्वाल बन्ने खबर आएको थियो तर यो वर्ष अन्टार्कटिकाभन्दा ठूलो छ । युरोपियन युनियनको कोपरनिकस एटमोस्फेरिक मनिटरिङ सर्भिसले बिहीबार यसको खुलासा गरेको हो । प्रत्येक वर्ष अगस्टदेखि अक्टोबरको बीचमा ओजोनको मात्रा कम हुन्छ र यो प्वाल अन्टार्कटिकाभन्दा माथि देखिन्छ । 

कोपरनिकसका अनुसार सामान्यतया यसको सबैभन्दा ठूलो आकार मध्य सेप्टेम्बरदेखि मध्य अक्टोबरसम्म रहन्छ। यसपटक यो अत्यन्त ठूलो भएको छ । नेचरमा प्रकाशित एक अध्ययनमा यदि सीएफसीहरु (क्लोरोफ्लुरोकार्बन) मन्ट्रियल प्रोटोकलअन्तर्गत प्रतिबन्धित नभएको भए विश्वव्यापी तापक्रम दुई दशमलव पाँच डिग्री सेल्सियसले बढ्ने थियो र ओजोन तह घट्न थाल्ने थियो भनिएको छ । एजेन्सी