६ पुष २०८२, आईतवार
,
Latest
बागलुङका किसानका व्यथा : सुन्तला सस्तोमा बेच्न बाध्य प्रीमियर लिगः आर्सनल र सिटीको जित, चेल्सीले अंक बाँड्यो आज विश्व ध्यान दिवस मनाइँदै प्रतिनिधिसभा सदस्य निर्वाचन: प्रस्तावित आचारसंहितामा यस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था मुख्यमन्त्री यादव रौतहट क्षेत्र नं १ बाट सिफारिस पोखरा पर्यटन वर्षका सन्दर्भमा ‘टुर दि पोखरा’ दार्चुलामा भूकम्पको धक्का राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी
तपाईं के खोज्दै हुनुहुन्छ ?

न्याय सेवा आयोगको बैठकः १८५ जना कर्मचारीको सरुवा



अ+ अ-

काठमाडौं । न्याय सेवा आयोगको आजको बैठकले न्याय सेवाका १८५ जना कर्मचारीको सरुवा गर्ने निर्णय गरेको छ । कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीको अध्यक्षतामा आज बसेको बैठकले उक्त सेवाका सो कर्मचारीलाई सरुवा गर्ने निर्णय गरेको न्याय परिषद्का प्रवक्ता मानबहादुर कार्कीले जानकारी दिनुभयो । 

सरुवा हुनेमा ११ सहसचिव, ४० उपसचिव र १३४ अधिकृत गरी १८५ कर्मचारीको रहेका छन् ।बैठकले जिल्ला न्यायाधीशको परीक्षा उत्तीर्ण गरेका दुईलाई जिल्ला न्यायाधीशमा सिफारिस गर्ने निर्णय गरेको छ । 

लिखित परीक्षा तथा अन्तर्वार्ता परीक्षा उत्तीर्ण हुनुभएका भुवन गिरी र ओमबहादुर सोडारीलाई बैठकले जिल्ला न्यायाधीशमा सिफारिस गर्ने निर्णय गरेको हो ।