६ पुष २०८२, आईतवार
,
Latest
वर्तमान सरकारले जेन–जीको नेतृत्व गर्न सक्दैनः मिराज ढुंगाना धार्मिक पर्यटनको गन्तव्य बन्दै उत्तरगङ्गा ढोरबराह सभामुख घिमिरेसँग चिनियाँ राजदूत सोङको बिदाइ भेट विधायन ऐन कार्यान्वयनमा सरकार सक्रियः कानूनमन्त्री सिन्हा सरकारलाई राष्ट्रिय सभाका सांसदहरुको प्रश्नः तोकिएको मितिमा निर्वाचन हुन्छ कि हुँदैन ? नोरा फतेहीको कार गम्भीर दुर्घटनामा पर्यो ओढारमा रात कटाउनुपर्ने अवस्थाको अन्त्य चिसोले गरिब बस्तीको जनजीवन कष्टकर तेस्रो टेस्टमा इङ्गल्याण्डलाई ८२ रनले पराजित गर्दै अष्ट्रेलियाले लगातार पाँचौं पटक एशेज उपाधि जित्यो भरुवा बन्दुक पड्किँदा युवकको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुनकोशीमा बालक बेपत्ता



अ+ अ-

काभ्रेपलाञ्चोक । तेमाल गाउँपालिका–२ चुखाबेँसीस्थित सुनकोशी नदीमा डुबेर एक बालक बुधबार दिउँसो बेपत्ता भएका छन् ।

फागु खेलेर पौडी खेल्न गएका तेमाल गाउँपालिका–२ लामबगरका मोहनलाल तामाङका १४ वर्षीय छोरा सुमन नदीमा डुबेर बेपत्ता भएका हुन् । अन्य तीन साथीसँग दिउँसो ३ बजे सुनकोशी नदीको दहमा पौडी खेल्न गएका उनी पहिला हामफालेको र डुबेर बेपत्ता भएको उनका भिनाजु पेमा लामाले जानकारी दिनुभयो ।

स्थानीयवासी र प्रहरीले राति अबेरसम्म नदीमा खोजतलास गर्दा सुमन नभेटिएकाले आज बिहानैदेखि पुनः खोजी भइरहेको उहाँले बताउनुभयो ।जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रविराज खड्काले सुमनको खोजी गर्न आज गोताखोरको पनि व्यवस्था गरिएको जानकारी दिनुभयो ।
–––