१६ भाद्र २०८३, मंगलवार
,
Latest
गण्डकी प्रदेशसभाको दशौँ अधिवेशन अन्त्य कालीगण्डकी करिडोर र मदन भण्डारी राजमार्ग अवरुद्ध जलवायु परिवर्तनको प्रभावलाई पनि राखेर हेर्दा यो जोखिम अहिले भोटेकोसी र रसुवामा आएको जोखिममा मात्र… प्रतिनिधिसभा बैठक बुधबार बस्दै भोटेकोशी बाढी : चार हजार २७० जनाको उद्धार, चार हजार ५९९ अझै बेपत्ता झाङ्मु पोर्ट अनिश्चितकालको लागि बन्द सुदूरपश्चिमका नागरिकको उद्धारमा जुट्न मुख्यमन्त्री भट्टको निर्देशन पोखरामा भोटेकोशी बाढीमा ज्यान गुमाएका १६ जनाको सनाखत, अन्य शवको व्यवस्थापन गरिँदै (तस्बिरहरु) जुम्ला उद्योग वाणिज्य संघले बाढीपीडितलाई सहयोग बाढीपीडितका लागि मधेस सरकारले आज दोस्रो चरणको राहत पुर्‍याउँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

कालोपत्रे गर्न लागेको सडकमा एसएसबीको अवरोध



अ+ अ-

कञ्चनपुर । कञ्चनपुरको उत्तरी पश्चिम क्षेत्र ब्रम्हदेबमा नेपाली पक्षले बनाउन लागेको सडकमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले अवरोध गरेको गरेको छ । भीमदत्त नगरपालिका ९ ब्रम्हदेबमा ४३ लाख लागतमा १.३८ मिटर सडक कालोपत्रे गर्न लागेको बेला निर्माण कार्यमा रोक लगाएको हो ।

भारतीय सीमा सुरक्षा बल एसएसबीले शुक्रबार ब्रम्हेदब–टनकपुर जोड्ने नेपाल तर्फको भूमिमा सडक कालोपत्रे गर्ने कार्य अवरोध पुर्‍याएको न्यू जोशी कस्ट्रक्सनका संचालक भीमराज जोशीले बताएका छन् । काम शुरु गर्दा चार जना एसएसबी आएर काम रोकेको उनको भनाइ छ ।

जोशीका अनुसारएसएसबीले माथिको आदेश छैन भन्दै काम गर्न नदिएको बताए । एसएसबीले काम रोकेपछि सडकमै जेसिभी थन्किएको छ ।

भीमदत्त नगरका प्रशासकीय अधिकृत हरिसिह धामीले एसएसबीले विवादित क्षेत्र भन्दै निर्माण कार्य रोक्न भनेपछि काम रोकिएको बताए । दुवै देशका सीमा संयुक्त सर्वेटोली र डिएमस्तरिय बैठकबाट सीमा विवाद टुङ्गो लागेपछि मात्रै काम गर्नदिन्छौँ भन्दै काम रोकेको गुनासो गरेका छन् ।