१३ आश्विन २०८१, आईतवार
,
Latest
बाढी पहिरोबाट ऊर्जा,जलस्रोत र सिंचाई क्षेत्रमा मात्रै ४ अर्ब ३५ करोडको क्षति हवाई भाडा नबढाउने एयरलाइन्स कम्पनीको निर्णय सेनाद्वारा १३७ जनाको सकुशल उद्धार – फोटोफिचर पूर्वमुख्यमन्त्री राईद्वारा ‘हेर्ने कथा’का पात्र प्रकाशलाई जग्गा प्रदान अवरुद्ध सडक खुलाउने काम तीव्र रुपमा भइरहेको छ: मन्त्रालय बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या १४८ जना पुग्यो, ५५ जना बेपत्ता माओवादी केन्द्रको एसिया संगठन समितिद्धारा बाढीपीडितलाई पाँच लाख सहयोग रवि र सहकारीमा अड्किएको सरकार विपद् व्यवस्थापनमा चुक्यो– रास्वपा बाढीपछिको काठमाडौं (फोटो फिचर) यात्रुको चाप बढेपछि विमान कम्पनीले सस्तो दरका टिकट बिक्री गर्न छाडे
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाँचौ संस्करणको साफ जित्ने नेपालको सपना सपना नै रह्यो, भारतले उचाल्यो उपाधि



अ+ अ-

काठमाडौँ । पाँचौ संस्करणको साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगितामा आयोजक नेपाल भारतसँग ३–१ ले परााजित भएको छ ।यो सँगै भारतले पाँचौ पटक उपाधि जितेको हो । भारतसँग फाइनलमा नेपालको यो चौथो हार हो ।

विराटनगरस्थित शहिद रंगशालामा भएको खेलमा पहिलो अग्रता भारतले लिएको थियो । भारतको लागि खेलको २४ औं मिनेटमा जालीमा छिपरले फ्रिकिकमार्फत् अग्रता बनाएकी थिइन । तर खेलको ३३ औं मिनेटमा नेपालले बराबरी गोल फर्ककाएको थियो । नेपालका लागि सावित्रा भण्डारीले हेड गोल गर्दै १–१ को बराबरी बनाएकी थिइन् । पहिलो हाफ बराबरी खेलेको नेपालले दोस्रो हाफमा दूई गोल खायो ।

दोस्रो हाफमा नेपालको प्रदर्शन राम्रो हुन सकेन । नेपालले ६३औं मिनेटमा दोस्रो गोल खान पुग्यो । भारतकी ग्रेस दाङमेले किपरलाई विट गर्दै गोल गरिन् । यससँगै नेपाल दबावमा आयो ।

खेलको ७८औं मिनेटमा अन्जु तामाङले गोल गर्दै भारतको जित सुनिश्चित गरिन् ।