१३ आश्विन २०८१, आईतवार
,
Latest
बाढी पहिरोबाट ऊर्जा,जलस्रोत र सिंचाई क्षेत्रमा मात्रै ४ अर्ब ३५ करोडको क्षति हवाई भाडा नबढाउने एयरलाइन्स कम्पनीको निर्णय सेनाद्वारा १३७ जनाको सकुशल उद्धार – फोटोफिचर पूर्वमुख्यमन्त्री राईद्वारा ‘हेर्ने कथा’का पात्र प्रकाशलाई जग्गा प्रदान अवरुद्ध सडक खुलाउने काम तीव्र रुपमा भइरहेको छ: मन्त्रालय बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या १४८ जना पुग्यो, ५५ जना बेपत्ता माओवादी केन्द्रको एसिया संगठन समितिद्धारा बाढीपीडितलाई पाँच लाख सहयोग रवि र सहकारीमा अड्किएको सरकार विपद् व्यवस्थापनमा चुक्यो– रास्वपा बाढीपछिको काठमाडौं (फोटो फिचर) यात्रुको चाप बढेपछि विमान कम्पनीले सस्तो दरका टिकट बिक्री गर्न छाडे
तपाईं के खोज्दै हुनुहुन्छ ?

सहमति पालना नगरेको भन्दै रविविरुद्ध मुद्दा हाल्ने तयारी



अ+ अ-

काठमाडौं । पछिल्लो समय चर्चामा रहेका पत्रकार रवि लामिछाने विरुद्ध फेरी अर्को आपत आइलाग्ने भएको छ । लामिछानेलाई ठगी गरेको मुद्दा दर्ता हुने भएको छ ।
न्युज २४ टेलिभिजन सिधा कुरा जनतासँग’ नामको कार्यक्रम चलाउँदै आएका लामिछानेले केही महिनाअघि पत्नी इशासँग सम्बन्धविच्छेद गरी अर्को विवाह गर्दा डिभोर्सअघि भएको सहमति पालना नगरेको भन्दै इशाले लामिछाने विरुद्ध मुद्दा हाल्ने तयारी गरेकी हुन् ।

इशाले डिभोर्सअघि अमेरिकास्थित घर खरिद गर्दा लागेको ऋण लामिछानेले तिरिदिने सम्झौता गरेको तर हाल उक्त ऋण नतिर्ने बताएपछि इशा कानूनी विकल्पमा जाने भएकी हुन् । पछिल्लो समय लामिछानेले ऋण नतिर्ने भन्दै सकेको गर्न चेतावनी दिने गरेको आरोप छ । इशाले लामिछाने लाई ठगी र चेक बाउन्समा मुद्दा लगाउने भएकी छिन् । उक्त मुद्दामा रविको गल्ती भेटिए जेलसम्म हुने प्रावधान रहेको छ ।

लामिछानेले कार्यक्रम सञ्चालन गर्ने टेलिभिजनबाटै आफूले अमेरिकाको घर इशालाई दिएको र ऋण पनि तिरिदिने घोषणा गर्दा रविले इशालाई बैंकको चेक दिएका थिए ।

तर चेकमा पैसा नभएको उनले बताइन् । हाल अमेरिकामा रहेकी इशा मुद्दा दर्ताका लागि छिट्टै नेपाल आउने भएकी छन् । इशाले नेपालमा रहेका विभिन्न पत्रकारसँग कुराकानी गर्दै दुःख समेत पोख्ने गरेकी छन् ।