१३ आश्विन २०८१, आईतवार
,
Latest
बाढी पहिरोबाट ऊर्जा,जलस्रोत र सिंचाई क्षेत्रमा मात्रै ४ अर्ब ३५ करोडको क्षति हवाई भाडा नबढाउने एयरलाइन्स कम्पनीको निर्णय सेनाद्वारा १३७ जनाको सकुशल उद्धार – फोटोफिचर पूर्वमुख्यमन्त्री राईद्वारा ‘हेर्ने कथा’का पात्र प्रकाशलाई जग्गा प्रदान अवरुद्ध सडक खुलाउने काम तीव्र रुपमा भइरहेको छ: मन्त्रालय बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या १४८ जना पुग्यो, ५५ जना बेपत्ता माओवादी केन्द्रको एसिया संगठन समितिद्धारा बाढीपीडितलाई पाँच लाख सहयोग रवि र सहकारीमा अड्किएको सरकार विपद् व्यवस्थापनमा चुक्यो– रास्वपा बाढीपछिको काठमाडौं (फोटो फिचर) यात्रुको चाप बढेपछि विमान कम्पनीले सस्तो दरका टिकट बिक्री गर्न छाडे
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेइमार युएईएफएको कारबाहीमा परे



अ+ अ-

एजेन्सी । युरोपियन फुटबल महासंघ (युएईएफए) ले पेरिस सेन्ट जर्मन (पीएसजी) का स्टार खेलाडी नेइमारलाई कारबाही गरेको छ ।

च्याम्पियन्स लिग फुटबल अन्तर्गत म्यानचेस्टर युनाइटेडविरुद्धको खेलमा रेफ्रीको निर्णयबारे सामाजिक सञ्जालमा आपत्तिजनक प्रतिक्रिया दिएका कारण युएईएफएले नेइमारलाई कारबाही गरेको हो ।

खुट्टाको चोटका कारण आराम गरिरहेका नेइमार त्यस खेलमा बेन्चमा थिए । उनले रेफ्रीको निर्णयप्रति असन्तुष्ट जनाउँदै फुटबल नबुझेको रेफ्रीले ह्यान्डबल दिएको भन्दै इन्स्टाग्राममा विरोध गरेका थिए ।

नेइमारलाई तीन खेलको प्रतिबन्धको कारबाही गरेको छ । तर, युएईएफएले प्रतिबन्ध हुने खेलबारे उल्लेख गरेको छैन ।

च्याम्पियन्स लिग अन्तर्गत अन्तिम १६ को दोस्रो लेगमा पीएसजी युनाइटेडसँग ३–१ गोलले पराजित हुँदै बाहिरिएको थियो ।

उक्त खेलमा युनाइटेडले भिएआरको सहायतामा पाएको पेनाल्टीमा गोल गर्दै क्वार्टरफाइनल यात्रा तय गरेको थियो ।