१२ भाद्र २०८३, शुक्रबार
,
Latest
नाडा अटो शोमा बैंकहरूको विशेष अफर, ग्राहकलाई छनौटको अवसर डब्ल्यूएचओले क्षयरोग महामारी अन्त्य गर्न विश्वव्यापी प्रयासलाई तीव्र बनाउने घोषणा भोटेकोशी बाढीः एक प्रहरीसहित ५४७ जनाको शव फेला भोटेकोशी बाढीः मधेसका १५ जना परिवारको सम्पर्कमा प्रसूतिका क्रममा जटिलता देखिएपछि मन्दया कामीको हेलिकप्टरबाट उद्धार बाढीपीडितलाई सुदूरपश्चिम कांग्रेस संसदीय दलद्वारा तीन लाख ६० हजार सहयोग विपदमा हामी के गर्न सक्छौ ? रवीन्द्र ढाँट रोड टू यूएफसी सिजन–५ को फाइनलमा प्रधानमन्त्री राहत कोषमा ८७ वर्षीया राणाद्धारा एक करोड ९ लाख सहयोग नेपाल चेम्बरद्वारा प्रहरीलाई १७ वटा ‘सर्भिलेन्स ड्रोन’ हस्तान्तरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली अस्पताल नै जोखिम ! चिकित्सकको लापरबाही बारम्बार



अ+ अ-

घटना–१

गत कात्तिक १७ गते शुक्लाफाँटा नगरपालिका–११, कञ्चनपुरकी २३ वर्षीया तुलसी धामीको सुत्केरी अवस्थामै सेती अञ्चल अस्पतालमा मृत्यु भयो ।

घटना–२

भदौ १६ गते पर्शुराम नगरपालिका–६, डडेल्धुराकी २५ वर्षीया राधा नाथले सेती अञ्चल अस्पतालमै छोरी जन्माइन् । छोरी बिरामी भएपछि चिकित्सकको सल्लाहमा निजी अस्पतालको एनआइसियूमा भर्ना गरियो। राधालाई पनि चिकित्सकले सेती अञ्चल अस्पतालकै आइसियूमा भर्ना गरे। छोरीको निजी अस्पतालमा र आमाको सेती अञ्चल अस्पतालमा उपचारक्रममा भदौ २० मा मृत्यु भयो ।

घटना–३

वैशाख २९ गते पुनर्वास नगरपालिका–४, कञ्चनपुरकी ३० वर्षीया शान्ति कठायतको पनि सेती अञ्चल अस्पतालमा शिशु जन्माएपछि मृत्यु भयो । चिकित्सकको लापरबाहीले उनको ज्यान गएको भन्दै आफन्तले नाराजुलुस गरे ।

सुदूरपश्चिम प्रदेशको रेफरल अस्पतालका रुपमा रहेको सेती अञ्चल अस्पतालमा भएका यी घटना प्रतिनिधिमूलक मात्रै हुन् । अस्पतालमा गत सोमबार धनगढी–१२, जुगेडाकी २२ वर्षीया रेखा थापाको कोखबाट शल्यक्रिया गरी शिशु निकालियो । पहिलो सन्तानका रुपमा छोरा जन्मिएपछि आफन्तमा खुसी छायो । तर, त्यो खुसी धेरै दिन टिकेन । रेखाको बच्चा जन्माएको दुई दिनपछि मृत्यु भयो । शल्यक्रिया भएको दोस्रो दिन पेट सुन्निएपछि डाक्टरलाई सोध्दा ‘ग्यास्ट्रिक भएको हुन सक्छ’ भन्दै वास्ता नगरेको मृतकका आफन्तले बताएका छन् । खबर नागरिक दैनिकमा प्रकाशित छ ।