१३ आश्विन २०८१, आईतवार
,
Latest
सर्वदलीय बैठकको सरकारलाई सुझावः उद्धार र राहतमा ध्यान देऊ बाढी पहिरोबाट ऊर्जा,जलस्रोत र सिंचाई क्षेत्रमा मात्रै ४ अर्ब ३५ करोडको क्षति हवाई भाडा नबढाउने एयरलाइन्स कम्पनीको निर्णय सेनाद्वारा १३७ जनाको सकुशल उद्धार – फोटोफिचर पूर्वमुख्यमन्त्री राईद्वारा ‘हेर्ने कथा’का पात्र प्रकाशलाई जग्गा प्रदान अवरुद्ध सडक खुलाउने काम तीव्र रुपमा भइरहेको छ: मन्त्रालय बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या १४८ जना पुग्यो, ५५ जना बेपत्ता माओवादी केन्द्रको एसिया संगठन समितिद्धारा बाढीपीडितलाई पाँच लाख सहयोग रवि र सहकारीमा अड्किएको सरकार विपद् व्यवस्थापनमा चुक्यो– रास्वपा बाढीपछिको काठमाडौं (फोटो फिचर)
तपाईं के खोज्दै हुनुहुन्छ ?

सबिनको काल बन्यो माइक्रोबस



अ+ अ-

उर्लाबारी । मोरङको सुन्दरहरैँचा नगरपालिका–८ स्थित पूर्वपश्चिम राजमार्गमा आइतबार बिहान माइक्रोबसको ठक्करबाट बालकको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा ५ ख ३५४ नंको माइक्रोबस अनियन्त्रित भई सडक किनारको रुखमा ठोक्किँदा सुनसरी, धरान उपमहानगरपालिकाका १३ वर्षीय सबिन मक्रान्तीलाई ठक्कर दिएको थियो ।

माइक्रोबसको ठक्करबाट मक्रान्तीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलवारीका प्रहरी निरीक्षक रामकुमार राईले जानकारी दिए । दुर्घटनामा माइक्रोबसका सहचालक मोरङ, उर्लाबारी नगरपालिका बस्ने २२ वर्षीय सचिन परियार गम्भीर घाइते भएका छन् । उनको विराट नर्सिङहोम विराटनगरमा उपचार भइरहेको छ ।

चालक पथरी शनिश्चरे नगरपालिका–९ बस्ने २९ वर्षीय रमेश बस्नेत सामान्य घाइते भएका छन् । उनको बेलवारीस्थित नोबेल सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । माइक्रोबसमा चालक र सहचालक मात्र सवार रहेका थिए ।