२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने आज अन्तिम दिन पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, आज सातै प्रदेशमा वर्षाको सम्भावना ‘बर्डफ्लु’ पुष्टि भएपछि ३८ हजार कुखुरा नष्ट कांग्रेसको क्रियाशील सदस्यता चार लाख ५७ हजार ३६६ जनाले अद्यावधिक गरे प्रकृति, संस्कृति र इतिहासको अनुपम सङ्गम म्याग्दीको रघुगङ्गा गाउँ यस वर्ष हिन्दुकुश क्षेत्रमा कम मनसुनी वर्षा तर जोखिम यथावत् प्रधानमन्त्री शाहद्वारा भारतीय समकक्षीप्रति बधाई तथा शुभकामना व्यक्त काठमाडौँको कपन क्षेत्रमा भारी वर्षा अबको यात्रा विकास र समृद्धि नै होः सचेतक परियार किसानको पहुँचमा डिजिटल सेवा विस्तार गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रम ओलीले राउतसँगको सहमति र विप्लवको प्रतिवन्धबारे संसदमा जवाफ दिने



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी ओलीले संसदमा सिके राउतसँग गरिएको सहमति र विप्लव प्रतिवन्धबारे जवाफ दिने भएका छन् । पछिलो समय यहि मुद्दाले गर्दा प्रतिपक्षि र सत्तापक्षबाटै चर्को आलोचना भएको भन्दै आज जवाफ दिन लागिएको हो ।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार कुन्दन अर्यालका अनुसार आइतबार दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा ओलीले सम्बोधन गर्न लागेका हुन् । संसद बैठककमा सरकारले गरेका काम कारवाही र निर्णयबारे सांसदहरुले पछिल्लो समय संसदमा उठाएको प्रश्नको प्रधानमन्त्री ओलीले जवाफ दिने छन् ।

यसअघि गत फागुन २४ गते सरकारले स्वतन्त्र मधेस गठबन्धनका सिके राउतसँग ११ बुँदे सहमति गरेको थियो । त्यस्तै फागुन २८ गते नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालाई प्रतिवन्ध लगाएको थियो ।

सरकार र राउत समुहबीच ११ बुँदे सहमतिपछि राउत राजनीतिक मुलधारमा आएको सरकारी पक्षले दावी गरेपनि सहमतिपछि पनि उनका गतिविधि शंकास्पद रहेको भन्दै आलोचना रोकिएको छैन ।