१३ आश्विन २०८१, आईतवार
,
Latest
सर्वदलीय बैठकको सरकारलाई सुझावः उद्धार र राहतमा ध्यान देऊ बाढी पहिरोबाट ऊर्जा,जलस्रोत र सिंचाई क्षेत्रमा मात्रै ४ अर्ब ३५ करोडको क्षति हवाई भाडा नबढाउने एयरलाइन्स कम्पनीको निर्णय सेनाद्वारा १३७ जनाको सकुशल उद्धार – फोटोफिचर पूर्वमुख्यमन्त्री राईद्वारा ‘हेर्ने कथा’का पात्र प्रकाशलाई जग्गा प्रदान अवरुद्ध सडक खुलाउने काम तीव्र रुपमा भइरहेको छ: मन्त्रालय बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या १४८ जना पुग्यो, ५५ जना बेपत्ता माओवादी केन्द्रको एसिया संगठन समितिद्धारा बाढीपीडितलाई पाँच लाख सहयोग रवि र सहकारीमा अड्किएको सरकार विपद् व्यवस्थापनमा चुक्यो– रास्वपा बाढीपछिको काठमाडौं (फोटो फिचर)
तपाईं के खोज्दै हुनुहुन्छ ?

लगानीकर्ताहरुको आन्दोलनले उग्ररुप लियो, धितोपत्र बोर्डका कर्मचारी कार्यालयभित्रै थुनिए



अ+ अ-

काठमाडौँ । सेयर बजार विकास र बिस्तारका लागि भन्दै आन्दोलनको घोषण गरेको लगानीकर्ताहरुको एउटा समूहले नेपाल धितोपत्र बोर्डका एक जना कर्मचारी कार्यालयभित्रै थुनेका छन् । कार्यालयमा धर्ना दिन गएका समूहले मूख्य ढोकामा ताला लगाएर ढोकाकै अगाडि धर्नामा बसेका छन् ।

सेयर लगानीकर्ता दबाव समूहको टोली जावालाखेलस्थित बोर्डको कार्यालयमा बिहानै ताला लगाएर धर्नामा बसेको हो । धर्नाका कारण कर्मचारीहरु कार्यालयमा पस्न पाएका छैनन् । कुनै पनि कर्मचारीहरु कार्यालय प्रवेश गर्न नपाएपछि दैनिकको काम कारवाही प्रभावित बनेको छ ।

धर्नामा सहभागी लगानीकर्ताहरुका अनुसार बोर्डका अधिकारीहरुले अहिलेसम्म औपचारिक वा अनौपचारिक समस्या समाधान गर्न वार्तामा बस्न प्रस्ताव गरेका छैनन् ।

यसअघि नेपाल स्टक एक्सचेन्ज घेराउ हुँदै आमरण अनसनसम्म बसेको लगानीकर्ताहरुको उक्त समूहले आफ्नो पुरानै मागहरु अघि सार्दै गत फागुन २८ गते आन्दोलनका कार्यक्रमहरु घोषणा गरेको थियो ।

समूहले आफ्नो मुख्य मागको रुपमा अर्थमन्त्रीको बर्खास्ती रहेको बताएको छ । अर्थमन्त्री डा. युवराज खतिवडा पुँजी बजार विरोधी भएको र उनको बर्खास्ती नभएसम्म सेयर बजारमा सुधार हुन नसक्ने भएकाले बर्खास्तीको माग अघि सारेको समूहले बताउँदै आएको छ ।