१६ भाद्र २०८३, मंगलवार
,
Latest
पोखरामा १०२ शवको पोस्टमार्टम सम्पन्न, पहिचान हुन नसकेका ७८ शवको सुरक्षित व्यवस्थापन (तस्बिरसहित) सामाजिक सञ्जालमा भाइरल गन्तव्यः सुन्दरताभित्र लुकेको जोखिम कृष्णभीर पहिरोले अवरुद्ध पृथ्वीराजमार्ग खुलाउन कम्तीमा १५ दिन लाग्ने पोखरामा १०२ शवको पोस्टमार्टम सम्पन्न, पहिचान हुन नसकेका ७८ शवको सुरक्षित व्यवस्थापन गण्डकी प्रदेशसभाको दशौँ अधिवेशन अन्त्य कालीगण्डकी करिडोर र मदन भण्डारी राजमार्ग अवरुद्ध जलवायु परिवर्तनको प्रभावलाई पनि राखेर हेर्दा यो जोखिम अहिले भोटेकोसी र रसुवामा आएको जोखिममा मात्र… प्रतिनिधिसभा बैठक बुधबार बस्दै भोटेकोशी बाढी : चार हजार २७० जनाको उद्धार, चार हजार ५९९ अझै बेपत्ता झाङ्मु पोर्ट अनिश्चितकालको लागि बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

पार्टीभित्र गुट हुनु स्वाभाविक हो, तर काङ्ग्रेसभित्र गुट बनाउने गिरोह छ : नेता कोइराला



अ+ अ-

चितवन । नेपाली काङ्ग्रेसका नेता डा.शेखर कोइरालाले पार्टीभित्र गुट हुनु स्वाभाविक रुपमा लिनुपर्नेमा जोड दिएका छन् । हाल काङ्गे्रसमा गुटमात्रै नभई गुट बनाउने गिरोह भएका कारण पार्टीले यो हालत भोग्नु परेको बताएका छन् ।

नेपाली काङ्ग्रेस चितवनले आज आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा पार्टीको प्रतिपक्षको भूमिकामा गुट हुने र यसले पार्टी बलियो बनाउन सहयोग पुग्ने बताउँदै गुटले नेतृत्वलाई पार्टी बनाउन सघाउने बताए । उनले भने “गिरोह बनाएर पार्टी सञ्चालन गरे चाहीँ त्यो खतरनाक हुन्छ ।”

गणतन्त्र र सङ्घीयता काङ्ग्रेसको एजेण्डा रहेको उल्लेख गर्दै उहाँले कम्युनिष्टहरु जनवादी केन्द्रीयतामा विश्वास गर्ने बताए ।

नेता कोइरालाले सरकारले चौतर्फी रुपमा हस्तक्षेपकारी भूमिका निर्वाह गरेको भन्दै शिक्षा र स्वास्थ्य जस्ता क्षेत्रमा गरेको हस्तक्षेप मान्य नहुने बताए ।