काठमाडौं । विहारमा सीपीआई (माले)ले बेगूसराय सिटमा सीपीआईका सम्भावित उम्मेदवार कन्हैयाकुमारलाई समर्थन गर्ने घोषणा गरेको छ । वामपन्थी गढ मानिएको विहार विधानसभाका पहिलो कम्युनिस्ट विधायक पनि यही क्षेत्रबाट चुनिएका थिए । हाल वामपन्थीको पकड कमजोर भएको क्षेत्रबाट कन्हैयाकुमार उम्मेदवार बनाउन लागिएको हो ।
बेगूसरायमा शनिबार सीपीआईको स्टेट क्याबिनेटको बैठक बसेको थियो, जसमा प्रदेश सचिव सत्यनारायण सिंहसहितका नेताहरु थिए । बैठक ५ घन्टासम्म चलेको थियो ।
भारतीय संचार माध्यमका अनुसार कन्हैयाकुमारलाई वाम पार्टी सीपीआई (माले) र अन्य सीपीएमले समर्थन गर्नेछन् । अब एनडीएका उम्मेदवार गिरिराज सिंहको सामाना कन्हैयाकुमारले गर्नेछन् । गिरिराज कट्टर मोदी समर्थक मानिने गरिन्छ भने कन्हैयाकुमार घोर मोदीविरोधी मानिने गरिन्छ । ।
यी दुईको प्रतिस्पर्धाले बेगूसराय भारतको लोकसभा चुनावमा हट सिट हुने पक्का भएको छ ।