१६ भाद्र २०८३, मंगलवार
,
Latest
गण्डकी प्रदेशसभाको दशौँ अधिवेशन अन्त्य कालीगण्डकी करिडोर र मदन भण्डारी राजमार्ग अवरुद्ध जलवायु परिवर्तनको प्रभावलाई पनि राखेर हेर्दा यो जोखिम अहिले भोटेकोसी र रसुवामा आएको जोखिममा मात्र… प्रतिनिधिसभा बैठक बुधबार बस्दै भोटेकोशी बाढी : चार हजार २७० जनाको उद्धार, चार हजार ५९९ अझै बेपत्ता झाङ्मु पोर्ट अनिश्चितकालको लागि बन्द सुदूरपश्चिमका नागरिकको उद्धारमा जुट्न मुख्यमन्त्री भट्टको निर्देशन पोखरामा भोटेकोशी बाढीमा ज्यान गुमाएका १६ जनाको सनाखत, अन्य शवको व्यवस्थापन गरिँदै (तस्बिरहरु) जुम्ला उद्योग वाणिज्य संघले बाढीपीडितलाई सहयोग बाढीपीडितका लागि मधेस सरकारले आज दोस्रो चरणको राहत पुर्‍याउँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

वीरगञ्जस्थित एकीकृत जाँच चौकीमा लागेको आगो नियन्त्रणमा आएन



अ+ अ-

वीरगन्ज । वीरगञ्जस्थित एकीकृत जाँच चौकी (आईसीपी)मा आगलागी भएको छ। चौकीको भारततर्फको जाँच गर्ने भागमा आगलागी भएको हो। दिउँसो १ बजेबाट लागेको आगो अझै नियन्त्रणमा आएको छैन।

आईसीपी कम्पाउन्डको घाँसे मैदानबाट कसरी आगे सल्कियो भनेर स्थानिहरुले प्रश्न गरेका छन् । आगो नियन्त्रणका लागि नेपाल र भारतका गरी १० वटा वारुण यन्त्र आएको छ ।

भन्सारमा आयत, निर्यात गरिएका सामानमा क्षति पुगेको/नपुगेको विवरण आइनसकेको वीरगञ्ज भन्सार कार्यालयका प्रवक्ता मनिष महतोले जानकारी दिए।

आगलागी सुरु भएपछि भन्सार नाकाबाट आयात र निर्यात ठप्प भएको छ । बास्तबिक रुपमा आगो कसरी लाग्यो भनेर खुल्न बाँकी रहेको छ ।