काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले फालिसकेको राजतन्त्र फर्केर नआउने बताएका छन् उनले राजतन्त्र हटाउन जनताले रगतको खोलो बगाएर गणतन्त्र ल्याएको भन्दै राजतन्त्रको बारेमा वकालत नगर्न चेतावनी दिएका छन् ।
संसदलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालमा राजतन्त्र राख्ने कि नराख्ने भनेर जनमत संग्रह हुन नसक्ने बताए । ओलीले प्रमुख प्रतिपक्षी दल कांग्रेस महामन्त्री शशांक कोइरालाको पछिल्लो अभिव्यक्तिलाई लिएर आक्रोश पोखे । उनले भने ,आफूलाई लोकतन्त्रवादी भन्नेहरुले राजतन्त्रको पक्षमा जनमत संग्रहको माग गरेर हुन्छ ? प्रतिगमनका कुनै सम्भावना नरहेको र नेपाली जनता यो सुन्न पनि तयार छैनन् ।
जोगीले फिरि लगाए जस्तो राजतन्त्रको नारा लगाएका छन् साथीहरुले प्रधानमन्त्री ओलीले भने, नागरिक भएकोमा गर्व छैन, रैतान हुने इच्छा चढेको छ ।’