२० जेष्ठ २०८३, बुधबार
,
Latest
फिर्के खोला वरपरका १६० संरचना हटाइयो खेलकुदका माध्यमबाट अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा महत्त्वपूर्ण योगदान पुग्छ : राष्ट्रपति तापक्रममा वृद्धि, काठमाडौँमा पनि बढ्यो गर्मी छल्न बर्दिबासका विद्यालय बन्द अन्नपूर्ण आरोहण दिवसमा लमजुङको दोर्दीमा पर्वतारोहीहरू सम्मानित इरानी आक्रमणमा कुवेत विमानस्थलमा एकको मृत्यु, ६३ घाइते गाजाको ७० प्रतिशत क्षेत्र नियन्त्रण गर्ने विषय अमेरिकी शान्ति योजनामा समावेश छैन : रुबियो अष्ट्रेलियामा विद्युतीय सवारी बजारमा तीव्र वृद्धि दुर्गम क्षेत्रमा इन्टरनेट विस्तारसँगै इन्डोनेसियाको नयाँ डिजिटल नीति पोखरा–जोमसोम हवाई सेवा तीन महिना बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

चार किलो चरेशसहित एक भारतीय नागरिक पक्राउ



अ+ अ-

वीरगञ्ज । वीरगञ्जमा चार किलो चरेशसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत बिहार पूर्वी चम्पारण जिल्ला मोतिहारी थाना छौडादानो ग्राम जितपुर–८ बस्ने ४३ बर्षिया शुभनारायण साहलाई रहेका छन् ।

प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरी टोलीले वीरगञ्ज महानगरपालिका–१६ स्थित ईनर्वा चौकी अगाडी चेकजाँच गर्ने क्रममा वीरगञ्जबाट रक्सौलतर्फ पैदल जादै गरेको क्रममा प्रहरीले पक्राउ गरेको थियो ।

उनको साथबाट लागूऔषध चरेश ४ किलो बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । खुट्टामा कालो पट्टी बाँधेर उनले चरेश लुकाएर लैजाँदै गरेको अवस्थामा उनलाई प्रहरीले पक्रन सफल भएको थियो ।