१३ आश्विन २०८१, आईतवार
,
Latest
सिधाकुराले मानहानी गरेको ठहर: प्रकाशक र सम्पादकलाई ३ महिना कैद सजायको फैसला कमल थापालाई दोहोरो स्वर्ण माथिल्लो सडकबाट खसेको पहिरो तल्लो सडकका सवारीसाधनमा खस्दा झ्याप्ले खोला दुर्घटना समलिङ्गी विवाहलाई छुट दिएर नेपालमा सांस्कृतिक अतिक्रमण गरिएको छः महासचिव गुरुङ प्रधान सेनापतिसँग चीनको राजदूतको भेट हिउँदमा विद्युत आयातमा भर पर्नुपर्छः कुलमान घिसिङ सर्वदलीय बैठकको सरकारलाई सुझावः उद्धार र राहतमा ध्यान देऊ बाढी पहिरोबाट ऊर्जा,जलस्रोत र सिंचाई क्षेत्रमा मात्रै ४ अर्ब ३५ करोडको क्षति हवाई भाडा नबढाउने एयरलाइन्स कम्पनीको निर्णय सेनाद्वारा १३७ जनाको सकुशल उद्धार – फोटोफिचर
तपाईं के खोज्दै हुनुहुन्छ ?

आन्द्रे रसेलको आक्रामक खेलसँगै कोलकत्ताद्धारा जित दर्ता, हैदराबाद ६ विकेटले पराजित



अ+ अ-

काठमाडौँ । आन्द्रे रसेलको उत्कृष्ट ब्याटिङसँगै आईपीएल क्रिकेटमा कोलकत्ता नाइट राइडर्सले पहलो जित निकालेको छ । उसले पहिलो जित निकाल्ने क्रममा सनराइजर्स हैदराबादलाई ६ विकेटको हराएको हो ।

सनराइजर्सले पुरा २० ओभर खेल्दै १८२ रनको लक्ष्य कोलकत्तालाई दिएको थियो । उसले अन्तिम २ बल बाँकी छँदा मात्र ४ विकेट गुमाएर लक्ष्य भेट्टायो ।

उसलाई अन्तिम तीन ओभरमा ५३ रन चाहिएको थियो । आन्द्रे रसेलले आक्रामक पारी खेल्दै टोलीलाई जिताए ।१९ बलको सामाना गरेका रसेल मात्र एक रनले अर्धशतक बनाउन चुके ।

कोलकत्ताका नितिश रानाले ६८ रन बनाए भने रोविन उथप्पाले ३५ रनको योगदान दिए ।

यसअघि पहिले ब्याटिङ गरेको सनराइजर्सले २० ओभरमा ३ विकेट गुमाएर १८१ रन बनाएको थियो । उसको सुरुवात निकै राम्रो थियो । डेभिड वार्नर र जोनी बेयररस्टोले पहिलो विकेटका लागि ११८ रनको साझेदारी गरे । जोनी ३९ रनमा आउट भए । दोस्रो विकेटका रुपमा आउट हुनुअघि वार्नरले ८५ रन बनाएका थिए ।

विजय शंकर ४० रनमा अविजित रहे ।