३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल News Polar युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन News Polar नेपाल भौगोलिक र राजनीतिक दुवै हिसावले संवेदनशील–विद्यादेवी भण्डारी News Polar होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी News Polar आर्थिक संकटबिच बोलिभियाले आईएमएफको एक दशमलव नौ अर्ब डलर ऋण लिने News Polar बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ?

श्रीमानलाई मदिरा छुटाउन २२ वर्ष लामो सङ्घर्ष

श्रीमानलाई मदिरा छुटाउन २२ वर्ष लामो सङ्घर्ष
अ+ अ-

अछाम । मंगलसैन नगरपालिका–६ ठुलासैनस्थित मध्यपहाडी लोकमार्ग सँगै जोडिएको रेणु कोल्ड स्टोर एण्ड गोरी होटलमा बिहानदेखि बेलुकासम्म ग्राहकको चहलपहल भैरहन्छ । यहाँ पाइने खाना–नास्ता, दही–दूध, घीउलगायतका खानेकुरा र होटल सञ्चालक हरिकला तथा उहाँका श्रीमान् गोरप्रसाद भण्डारीको व्यबहारले सबैलाई मोहित बनाउँछ ।

कुनैबेला गोरप्रसादले चौबीसै घण्टा मदिरा सेवन गर्थे र घरमा आएर झगडामा उत्रन्थे । त्यसरी भताभुङ्ग हुने अवस्थामा रहेको उहाँको परिवार यतिबेला आर्थिक, सामाजिक र सबै हिसाबले सबल बनेको छ । आठ वर्ष यता गोरप्रसादले मदिरा सेवन चटक्कै छोडेपछि व्यावसायिक रुपमा दम्पती मिलेर सङ्घर्ष गर्दा सबैतिरबाट सफल भएकामा उनीहरु दङ्ग छन् । होटल सँगै डेरी उद्योगसमेत सञ्चालन गर्नुभएका हरिकला र गोरप्रसादले मनग्य आम्दानी मात्रै गर्नुभएको छैन, व्यवसायमार्फत जीवनलाई नै कायापलट गर्नुभएको छ ।

विगतका वर्षहरुमा मदिरा सेवन गर्ने गरेकै कारण कलह र कटुतापूर्ण सम्बन्ध रहेको हरिकला र गोरप्रसादको वर्तमान भने व्यावसायिक रुपमा सफल र सामाजिक रुपमा अब्बल छ । यसो हुनुको पछाडि गोरप्रसादले मदिरा परित्यागपछि श्रीमतीसँग मिलेर कडा मेहनत गर्नु नै भएको दुबै बताउँछन् ।

अभाव, दबाब र सामाजिक अपहेलना सँंगै २२ वर्ष अघिदेखि सामान्य रुपमा चिया र खीर बेच्दै गरेका विगतका ती दिन र मदिराविरुद्ध श्रीमान्सँग लड्दाका कठिन क्षणहरु सम्झँदै हरिकलाले भन्नुभयो – “पहिले त साह्रै अप्ठेरो थियो, पैसा थिएन, भाँडाकुँडा थिएन । श्रीमान्ले पनि साथ दिने त कता कता, मदिरा सेवन गरेर मलाई र छोराछोरीलाई कुटपिट गर्नु हुन्थ्यो । मैले ठूलो दुःख झेलेकी छुँ ।” मदिराको लतमा लागेर बिग्रिएका श्रीमान्लाई बाटोमा ल्याउन सबैसँग हारगुहार माग्दै सङ्घर्ष गरेर आफू अघि बढेको हरिकलाले बताउनुभयो । अहिले श्रीमान्ले मदिरा छाडेको र मिलेर काम गरेपछि आफूहरु सफल भएको हरिकलाको भनाइ छ ।

उहाँ भन्नुहुन्छ – “श्रीमान्ले रक्सि छाडेपछि धेरै रामो भयो । रक्सि छोडेपछि नै हो हाम्रो व्यापार व्यवसाय पनि फस्टाएको ।” नराम्रा कुराका विरुद्ध लडाइँ लडिरह्यो भने एक न एक दिन सफलता मिल्ने हरिकलाको जीवनबाट चरितार्थ हुन्छ ।

श्रीमान्ले साथ नपाएकी र गाउँ समाज सबैतिरबाट अपहेलना खेपेकी हरिकलाले विगत सम्झँदै भावुक भएर भन्नुभयो – “मेरो विगतको सङ्घर्षको परिणाम स्वरुप आजभोलि सबैबाट प्रशंसा पाइरहेकी छु । व्यावसायिक रुपमा पनि सफल भएकी छँुं । आठ वर्षदेखि श्रीमान्ले पनि रक्सि छोडेर मलाई डटेर साथ दिनुभएपछि झनै हौसला बढेको छ ।” श्रीमान्ले रक्सि खाएर सुल्टो कुरा कहिल्यै नगर्ने, छोराछोरी र आफूलाई कुटपिट गर्ने श्रीमान्को व्यवहारबाट हरिकला वर्षौंसम्म आजित हुनुप¥यो । हिजो खिसिटिउँरी गर्नेहरु भने आज उहाँका प्रशंसक भएका छन् ।

उहाँ भन्नुहुन्छ – “मेरो सङ्घर्षको कथा म जस्तै पीडित हुनेहरुलाई पनि भनिरहेकी छुं, महिलाहरुले पनि समाजलाई राम्रो बनाउन सक्छन् भनेर । हिम्मत नहारी निरन्तर सङ्घर्ष ग¥यांैं भने अवश्य सफल भइन्छ ।” अरु महिलालाई पनि सकारात्मक भएर अघि बढ्न र आफ्नो लक्ष्यबाट नडगमगाउन उहाँ सुझाव दिनुहुन्छ ।

उमेरले ५० वर्ष कटिसकेर पनि श्रीमतीलाई व्यावसायिक रुपमा दरो साथ दिइरहनुभएका गोरप्रसाद अहिले मदिरा खान त परै जाओस् पसलमा आउने ग्राहकले रक्सि शिशीको बिर्को खोलिदिन आग्रह गर्दा पनि खोल्न मान्नुहुन्न । आठ वर्ष यता मदिरा सेवन चटक्कै छोडेका गोरप्रसाद तीन वर्ष यतादेखि त शुद्ध शाकाहारी नै बन्नुभएको छ । उहाँ भन्नुहुन्छ – “मैले मदिरा छोडेको आठ वर्ष भइसक्यो । अहिले पसलमा कुनै ग्राहकले रक्सिको बिर्को खोलिदिनुस् भन्दा पनि खोल्न सक्दिनँ भन्छुं । नखाने मान्छेलाई बिर्को समेत खोल्न मन लाग्दो रहेनछ ।”

अभाव र सङ्गतका कारण मान्छे कुलतमा फस्ने गरेको उहाँको भनाइ छ । आफ्नो नराम्रो बानीबारे उहाँले भन्नुभयो – “पहिला आफ्नो स्थिति पनि त्यस्तै थियो । खल्तीमा पैसा नहुने, काम नहुने, जाँड खाने यस्तै यस्तै, । तर मदिरा छोडेर काम गर्दा अहिले जमीन आकाशको फरक पाएँ । मलाई आर्थिक, सामाजिक र स्वास्थ्यका हिसाबले निकै फाइदा भएको छ । समाजको पनि अगुवा जस्तै छु । पहिले मसँग कोही सोध्न आउँदैनथे ।”

पहिले मदिराका पारखी गोरप्रसाद अहिले भने यसले कसैलाई पनि फाइदा नगर्ने बताइरहनु हुन्छ । जाँड रक्सि खाने लत बसेकाहरुलाई पनि छाड्न सुझाव दिनुहुन्छ र भन्नुहुन्छ – “रक्सि छोड्नु भनेको त केही पनि रहेनछ । हजूरले आज खानुभएन, भोलि खानुभएन । हुँदाहुँदा एक महिना खानुभएन, वर्षदिनसम्म खानुभएन भने यो आफै छुट्दो रै’छ त ।”

छोराछोरीको पढाइलेखाइ मात्रै नभई होटल र डेरीमा अन्य चार जनालाई भण्डारी दम्पतीले रोजगारी समेत दिएको छ । उनीहरुलाई १५ देखि १८ हजार रुपैयाँसम्म मासिक तलब दिइरहेको गोरप्रसादको भनाइ छ । चार सन्तानमध्ये एक छोरी अनमी पढेर जागीर गर्छन् भने एक छोरी स्टाफ नर्स पढिरहेकी छन् । छोरा बिएस्सी तेस्रो वर्षमा अध्ययन गरिरहेका छन् भने कान्छी छोरी पनि काठमाडौँमा बोर्डिङ स्कूल पढिरहेकी छन् । छोराछोरीको पढाइ खर्च मासिक दुई लाख रुपैयाँसम्म आउने गरेको पनि उहाँले बताउनुभयो ।

मदिराले स्वास्थ्य बिगार्नाका साथै धन नाश गर्छ । त्यसमाथि सामाजिक रुपमा बहिष्कृत र लज्जित हुनुपर्ने त छँदै छ । महिला हिंसा र घरेलु हिंंसाको प्रमुख कारकका रुपमा रहेको मदिरालाई त्याग्दा नै जीवनमा सफलता र खुशी मिल्छ भन्ने शिक्षा हरिकलाको सङ्घर्षबाट सिक्न सकिन्छ ।