१३ आश्विन २०८१, आईतवार
,
Latest
सिधाकुराले मानहानी गरेको ठहर: प्रकाशक र सम्पादकलाई ३ महिना कैद सजायको फैसला कमल थापालाई दोहोरो स्वर्ण माथिल्लो सडकबाट खसेको पहिरो तल्लो सडकका सवारीसाधनमा खस्दा झ्याप्ले खोला दुर्घटना समलिङ्गी विवाहलाई छुट दिएर नेपालमा सांस्कृतिक अतिक्रमण गरिएको छः महासचिव गुरुङ प्रधान सेनापतिसँग चीनको राजदूतको भेट हिउँदमा विद्युत आयातमा भर पर्नुपर्छः कुलमान घिसिङ सर्वदलीय बैठकको सरकारलाई सुझावः उद्धार र राहतमा ध्यान देऊ बाढी पहिरोबाट ऊर्जा,जलस्रोत र सिंचाई क्षेत्रमा मात्रै ४ अर्ब ३५ करोडको क्षति हवाई भाडा नबढाउने एयरलाइन्स कम्पनीको निर्णय सेनाद्वारा १३७ जनाको सकुशल उद्धार – फोटोफिचर
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपाध्यक्ष ढकालले गर्नुभयो सुदूरपश्चिप प्रदेश कार्यालयको उद्घाटन



अ+ अ-
54519371_429207837915660_2953415109835227136_n.jpg

धनगढी । नेपाल उद्योग वाणिज्य संघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल उद्योग वाणिज्य महासंघको सुदूरपश्चिम प्रदेश कार्यालयको उद्घाटन गर्नुभएको छ ।

कैलालीको धनगढीमा रहेको नेपाल उद्योग वाणिज्य महासंघको सुदूरपश्चिम कार्यालयको उपाध्यक्ष ढकालले शुक्रबार आयोजित एक विशेष समारोहबीच उद्घाटन गर्नुभएको हो ।

This image has an empty alt attribute; its file name is chandra-dhakal.png

त्यस अवसरमा आयोजित महासंघको सुदूरपश्चिम प्रदेशको तेस्रो वार्षिक साधारण सभाको पनि उहाँले उद्घाटन गर्नुभयो । त्यस अवसरमा उहाँले नेपालको सुदूरपश्चिम क्षेत्र सुन्दर सुदूरपश्चिमका नामबाट नेपालमा सुपरिचित रहेको र यहाँ लगानीका कैयौँ सम्भावना रहेकोले ती सम्भावनाहरुको खोजी गरी ठोस रुपमा लगानीका लागि अघि बढ्न यस क्षेत्रका उद्यमी एवम् व्यवसायीहरु संयुक्त संयन्त्रका साथ लाग्नुपर्ने धारणा राख्नुभयो ।

उनले भने— हामीसँग लगानीका अत्यधिक सम्भावनाहरु छन्, म पनि विभिन्न देशमा जाँदा त्यहाँ रहेका नेपालीहरुले देशमा लगानीको उचित वातावरण बनाउन सकिएमा आपूmहरु पनि लगानी गर्न तयार रहेको भन्ने गरेको स्मरण गरे ।लामो समयको राजनीतिक संक्रमणपछि देशले स्थीर सरकार पाएको र स्वदेश तथा विदेशबाट लगानीका लागि वातावरणको माग भएको छ भन्दै उपाध्यक्ष ढकालले अब सरकारले वैदेशिक तथा स्वदेशी लगानीका लागि सबैलाई आश्वस्त तुल्याई देशमा अर्थतन्त्रको विकासका लागि अभियान थाल्ने बेला भएको बताउनुभयो ।

This image has an empty alt attribute; its file name is 54523709_336574580312457_4576629713673388032_n.jpg

नेपालका एकजना सफल उद्यमी ढकालले शुक्रबार नै नेपालमा श्रम ऐन र सामाजिक सुरक्षा ऐन विषयक प्रदेशस्तरीय कार्यशाला गोष्ठीको पनि धनगढीमा उद्घाटन गर्नुभयो । उहाँले त्यस अवसरमा सबै उद्यमी तथा व्यापारीहरुलाई नेपालमा उद्यमशीलताको विकास गर्न, उचित लगानीका लागि आवश्यक वातावरण निर्माण गर्ने काममा लाग्न यस क्षेत्रका सबै उद्योगी व्यावसायीहरुलाई आग्रह पनि गर्नुभयो ।

सो कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य भरत आचार्य, नेपाल उद्योग बाणिज्य महासंघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष शंकर बोगटी, अन्तर्राष्ट्रिय श्रम संगठनका नेपाल प्रतिनिधि प्रकाश शर्माले पनि श्रमसम्बन्धी ती नियम र कानुनले नेपालमा रोजगारदाता र श्रमिक दुवै पक्षको हित समेटेको र लगानीको वातावरणका लागि सहयोगी भूमिका खेल्नसक्ने धारणा राख्नुभयो ।
त्यस अवसरमा सुदूरपश्चिम प्रदेशका उद्योगी व्यावसायीहरुले श्रमसम्बन्धी ती कानुनहरुका बारेमा जिज्ञासाहरु राखेका थिए ।