जेरुसेलम । अमेरिकाको भ्रमणमा रहेका इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आफ्नो भ्रमण छोट्याउने भएका छन् । इजरायलको तेल अवीवको उत्तरमा पर्ने गाजा क्षेत्रमा रकेट प्रहार भएपछि नेतान्याहुले भ्रमण छोट्याएर देश फर्किन लागेका हुन् ।
सुरक्षाको कारण अमेरिको भ्रमण छोट्एर स्वदेश फिर्ता हुन लागेको नेतान्याहुले बताए ।नेतान्याहुले केही घण्टा मात्र राष्ट्रपति ट्रम्पसँग भेटवार्ता गरी आफ्नो देश फर्किन लाग्नुभएको समाचारमा उल्लेख गरिएको छ । नेतान्याहुको कार्यालयबाट प्रकाशित भिडियोमा सो जानकारी दिइएको स्थानीय सञ्चारमाध्यमले समाचारमा उल्लेख गरेका छन् ।
गाजा क्षेत्रमा भएको रकेट आक्रमणमा परी कम्तिमा सात व्यक्ति घाइते भएका छन् ।