२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने आज अन्तिम दिन पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, आज सातै प्रदेशमा वर्षाको सम्भावना ‘बर्डफ्लु’ पुष्टि भएपछि ३८ हजार कुखुरा नष्ट कांग्रेसको क्रियाशील सदस्यता चार लाख ५७ हजार ३६६ जनाले अद्यावधिक गरे प्रकृति, संस्कृति र इतिहासको अनुपम सङ्गम म्याग्दीको रघुगङ्गा गाउँ यस वर्ष हिन्दुकुश क्षेत्रमा कम मनसुनी वर्षा तर जोखिम यथावत् प्रधानमन्त्री शाहद्वारा भारतीय समकक्षीप्रति बधाई तथा शुभकामना व्यक्त काठमाडौँको कपन क्षेत्रमा भारी वर्षा अबको यात्रा विकास र समृद्धि नै होः सचेतक परियार किसानको पहुँचमा डिजिटल सेवा विस्तार गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

साताको दोस्रो दिन सेयर बजारमा सुधार



अ+ अ-

काठमाडौँ । साताको दोस्रो दिन सोमबार सेयर बजारमा सुधार आएको छ। सोमबार करिब ४ अंकले सुधारिएको हो । साताको पहिलो दिन करिब ६ अंकले ओरालो लागेको थियो ।

सोमबार ३ दशमलव ८७ अंकले बढेर नेप्से परिसूचक १ हजार १ सय ३८ दशमलव ६७ अंकमा आइपुगेको छ । परिसूचकसँगै कारोबार रकममा समेत थोरै सुधार देखिएको छ ।

दिनभर भएका ५ हजार दुई सय ४१ कारोबारबाट विभिन्न कम्पनीका ९ लाख २९ हजार २ सय १७ कित्ता सेयर किनबेच भएका छन् । जसअनुसार कारोबार रकम २४ करोड २६ लाख ५९ हजार ५ सय १५ रुपैयाँ पुगेको छ ।

सोमबार सबैभन्दा धेरै कमाउनेमा जीवन बीमा कम्पनीका लगानीकर्ताहरु देखिएका छन् भने धेरै गुमाउनेमा उत्पादनमूलक क्षेत्रका लगानीकर्ताहरु रहेका छन् ।

कारोबार रकमका आधारमा सोमबार मुक्तिनाथ विकास बैंक अग्रस्थानमा देखिएको छ । यो बैंकको सेयर प्रतिकित्ता ४ रुपैयाँले घटेर २ सय ८ मा आइपुगेको छ । यद्यपि यस बैंकको सोमबार २ करोड भन्दा माथिको सेयर कारोबार भएको छ ।

कारोबार रकमका आधारमा दोस्रो स्थानमा भने नागरिक लगानी कोष देखिएको छ । लगानी कोषको सोमबार १ करोड १२ लाख रुपैयाँ भन्दा बढीको सेयर किनबेच भएका छन् । यसको सेयर मूल्य प्रतिकित्ता २ हजार ६ सय १० रुपैयाँ रहेको छ ।