१३ आश्विन २०८१, आईतवार
,
Latest
कमल थापालाई दोहोरो स्वर्ण माथिल्लो सडकबाट खसेको पहिरो तल्लो सडकका सवारीसाधनमा खस्दा झ्याप्ले खोला दुर्घटना समलिङ्गी विवाहलाई छुट दिएर नेपालमा सांस्कृतिक अतिक्रमण गरिएको छः महासचिव गुरुङ प्रधान सेनापतिसँग चीनको राजदूतको भेट हिउँदमा विद्युत आयातमा भर पर्नुपर्छः कुलमान घिसिङ सर्वदलीय बैठकको सरकारलाई सुझावः उद्धार र राहतमा ध्यान देऊ बाढी पहिरोबाट ऊर्जा,जलस्रोत र सिंचाई क्षेत्रमा मात्रै ४ अर्ब ३५ करोडको क्षति हवाई भाडा नबढाउने एयरलाइन्स कम्पनीको निर्णय सेनाद्वारा १३७ जनाको सकुशल उद्धार – फोटोफिचर पूर्वमुख्यमन्त्री राईद्वारा ‘हेर्ने कथा’का पात्र प्रकाशलाई जग्गा प्रदान
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘क’ फलानो नेता मार्न ‘क’, ‘ख’ फलानो नेता मार्न ‘ख’ खटाउने हत्यारालाई छाडिनन् : प्रम



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपि शर्मा ओलीले विप्लव नेतृत्वको नेकपा समूहलाई कानूनी दायरमा ल्याउने बताएका छन् ।उनले हत्याको लिस्टमा नेताहरु राखेर मान्छे खटाएको भन्दै विप्लव समूहलाई छुट नहुने बताएका हुन् ।

सोमबार संसद भवनमा बसेको नेकपा संसदीय दलको बैठकमा सांसदहरुलाई सरकारका कामबारे जानकारी दिँदै ओलीले फलानो नेता मार्न खटाउने क फलानो भनेर हत्यारा खटाएको आरोप लगाए ।

‘हामी सहिषुष्ण व्यवहार गर्ने, उनीहरुले हत्याको लिस्टमा नेताहरु राखेर मान्छे खटाउने । “प्रधानमन्त्री ओली”ले भने , क फलानो नेता मार्न खटाउने क फलानो, ख फलानो नेता मार्न खटाउने ख फलानो यस्ता नक्कली क/ख हरुलाई छुट दिन सकिँदैन, समातने हो ।’

उनले विप्लव समूहले हरिया हथौडाकै झण्डा, कम्युनिष्ट पार्टीकै नाम राखेर कम्युनिस्ट पार्टीको सरकारलाई असफल पार्ने खोजेको आरोप लगाए । उनले भने, विकास निर्माणका काम हुन नदिएको, समाजवाद उन्मुख प्रयासहरुमा अवराध गरेका छन् ।

कम्युनिस्ट नाम भएकाले लुटेको पनि ठीकै छ भनेको भन्दै उनले सरकारले छुट नदिने बताए ।