२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

जबर्जस्ती गरेको आरोपमा एक युवक पक्राउ



अ+ अ-

हुम्ला । जबर्जस्ती यौनदुव्र्यवहार गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा हुम्लाको सर्केगाड गाउँपालिका– १ का २७ वर्षीय सुवास रावत पक्राउ रहेका छन् ।

रावतले असार ३ गते एक जना युवतीलाई जबर्जस्ती यौनदुव्र्यवहार गरेको आरोपमा समातिएको हो । काठमाडौँमा आफूलाई जबर्जस्ती गरेको भन्दै महानगरीय प्रहरी कार्यालयमा चैत ४ गते दिएको उजुरीका आधारमा प्रहरीले रावतलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीमगरले बताए ।

पीडित युवतीले काठमाडौँस्थित महानगरीय प्रहरी परिसरमा दिएको उजुरीका आधारमा त्यहाँस्थित प्रहरीले पक्राउ गरेर छानविनका लागि जिल्लामै पठाएको प्रहरी नायब उपरीक्षक घर्तीमगरले बताए ।

यौनदुव्र्यवहार गर्ने युवक र पीडित युवती दुवैको घर हुम्ला सर्केगाड गाउँपालिकामा रहेको छ । दुबै जना अध्ययनका सिलसिलामा काठमाडौँमा बस्दै आएको बताइएको छ ।