१३ आश्विन २०८१, आईतवार
,
Latest
सिधाकुराले मानहानी गरेको ठहर: प्रकाशक र सम्पादकलाई ३ महिना कैद सजायको फैसला कमल थापालाई दोहोरो स्वर्ण माथिल्लो सडकबाट खसेको पहिरो तल्लो सडकका सवारीसाधनमा खस्दा झ्याप्ले खोला दुर्घटना समलिङ्गी विवाहलाई छुट दिएर नेपालमा सांस्कृतिक अतिक्रमण गरिएको छः महासचिव गुरुङ प्रधान सेनापतिसँग चीनको राजदूतको भेट हिउँदमा विद्युत आयातमा भर पर्नुपर्छः कुलमान घिसिङ सर्वदलीय बैठकको सरकारलाई सुझावः उद्धार र राहतमा ध्यान देऊ बाढी पहिरोबाट ऊर्जा,जलस्रोत र सिंचाई क्षेत्रमा मात्रै ४ अर्ब ३५ करोडको क्षति हवाई भाडा नबढाउने एयरलाइन्स कम्पनीको निर्णय सेनाद्वारा १३७ जनाको सकुशल उद्धार – फोटोफिचर
तपाईं के खोज्दै हुनुहुन्छ ?

युरो कप छनोट : फ्रान्सद्धारा आइसल्यान्डको पोस्टमा गोलको वर्षा



अ+ अ-

काटमाडौँ । विश्वकप विजेता फ्रान्सले युरो कप छनोट २०२० छनोटमा आइसल्यान्डलाई सजिलै ४-० ले हराएको छ ।

सोमबार राति आफ्नै घरेलु मैदानमा भएको खेलमा फ्रान्सको लागि सामुएल उम्टिटी, ओलिभर जिरुड, केलियन एमबाप्पे र एन्टोनी ग्रीजम्यानले समान १–१ गोल गरे ।

फ्रान्सका लागि १२औं उम्टिटीले पहिलो गोल गरे । उनले एमबाप्पेको पासमा गोल गरेका थिए । पहिलो हाफ १–० ले अगाडि रहेको फ्रान्सले दोस्रो हाफमा ३ गोल गर्यो ।

खेलको ६८औं मिनेटमा जिरुडले बेन्जामिन पाभार्डको पासमा गोल गरे । फेरि ७८औं मिनेटमा एमबाप्पेले गोल गरे भने ८४औं मिनेटमा ग्रीजम्यानले गोल गरेर खेल ४–० ले जिताए ।

यो जितले छनोटको समूह एच मा आफूलाई बलियो बनाएको छ । फ्रान्सको यो लगातार दोस्रो जित हो ।