१६ आश्विन २०८१, बुधबार
,
Latest
डुंगा नहुँदा उद्धार गर्न धेरै दु:ख भयो, पाँच वटा डुंगा किन्छौँ: मेयर महर्जन संसदीय समितिबाट प्रश्तावित प्रधानन्यायाधीश राउत र प्रश्तावित राजदुत यादवको नाम अनुमोदन सरकारले छुट्टै संयन्त्र बनाएर खानेपानी परीक्षण र अनुगमन गर्ने वृहत्तर राष्ट्रिय स्वार्थ र हित अभिवृद्धि हुनेगरी काम गर्नेछु: प्रश्तावित राजदुत यादव ‘सुगर ड्याडी’ उर्फ आशिष देउलालाई थुनामा पठाउन आदेश काठमाडौंमा एक हप्ताभित्र मेलम्चीको पानी आउँछ: मन्त्री यादव बलान नदी कटानले जोखिममा बस्ती भियतनामको चिडियाखानामा बर्डफ्लूको कारण ४७ बाघको मृत्यु बारलाई प्रश्तावित प्रधानन्यायाधीशको प्रश्नः न्यायपरिषद्को कामलाई असंवैधानिक भनेर अर्थ लगाउँदा के हुन्छ ? अँधेरी खोलामा पुल बनेपछि आवागमन सहज
तपाईं के खोज्दै हुनुहुन्छ ?

दोसाँधमा कवि दुर्गाबहादुर शाह ‘बाबा’



अ+ अ-

“हिमालमा हिउँ नटुटे झैँ
    जिन्दगीका अनेकौँ मोडहरूमा 
    एकपछि अर्को 
    दोसाँध आइरहँदा रहेछन्”
कवि दुर्गाबहादुर शाह ‘बाबा’को दोसाँध कविता सङ्ग्रहको ‘दोसाँध’ शीर्षकको कविताको यस अंशमा भने झैँ जिन्दगीका अनेक मोडमा आउने एकपछि अर्को दोसाँधले मानिस स्वयंलाई अलमल्याइरहेको चित्रण गरिएको छ । 

हालै बजारमा आएको विभिन्न ५१ वटा कविताको यस सङ्ग्रहमा कविले जीवन र जगत्का विविध पक्षलाई उतार्नुभएको छ । महामारीका रुपमा फैलिएको कोरोना भाइरस र यसले समाजमा पारेको प्रभाव, माया प्रेमदेखि मातृत्व र मातृभूमि आदिलाई कविताहरूमा समेटिएको छ ।

वर्तमानमा समाजमा कोरोनाले पारेको प्रभावबारे चर्चा गर्दै कवि शाहले ‘कोरोना’ शीर्षकको कवितामा भन्नुभएको छ,
    “विश्व मानचित्रमा
    सन्त्रास फैलाउन सफल
    अदृश्य कोरोनाले
    मानव जीवनमा
    अविस्मरणीय घटना
    निम्त्याइरहेछ” 

यही कवितामा कोरोनाले विश्वलाई नै क्वारेन्टिन र आइसोलेशनमा ठप्प पारेको चर्चा गर्दै उहाँ लेख्नुभएको छ,
    
    “विना सर्त, विना अनुमति
    अदृश्य शक्तिका रुपमा 
    मानव क्षमता र घमण्डलाई
    चुनौती दिँदै
    विश्वलाई आइसोलेशन
    र 
    क्वारेन्टिनमा ठप्प पार्न
    अग्रसर छ कोरोना”

हिमाल, पहाड र तराईले भरिपूर्ण हाम्रो मातृभूमि गर्व गर्न लायक भएको उल्लेख गर्दै ‘मातृभूमि’ कवितामा उहाँले भन्नुभएको छ,

    “जन्मँदै सगरमाथाको चुचुरोबाट
    विश्वलाई नियाँल्न पाउनु
    हिउँ जलमा
    डुबुल्की मार्दै
    नेपाल आमाको काखमा
    प्राकृतिक छटासँग
    लुटुपुटु हुँदै
    रमाउन पाउनु
    हाम्रो अहोभाग्य”

बढ्दो भ्रष्टाचारका विरुद्धमा आवाज उठ्न नसकेको भन्दै कविले बतासे विकास शीर्षकको कवितामा भन्नुभएको छ,
    “योजनाको भ¥याङ चढेर
    विकासका नाममा
    भरिरहेछन्
    आफ्ना ढुकुटी
    चखाइरहेका छन्
    आसेपासेलाई
    लित्कोपित्को
    त्यसैले
    घूसखोरी र भ्रष्टाचारी
    विरुद्धका अवाजहरू
    उठ्न सकिरहेका छैनन्”

५१ वटै गद्य कविता रहेको दोसाँधमा कविले विभिन्न विम्ब प्रतिविम्बको प्रयोग गरी जीवन र जगत्का हरेक पक्षलाई समेटेको पाइन्छ । ‘सिरानी’ शीर्षकको कवितामा कविले भन्नुभयो,
    “यसलाई मात्र थाह छ
    भूत, वर्तमान
    भविष्यको योजना
    यो दिमाग बिसाउने
    रातको चौतारी रहेछ
    सिरानी”

विभिन्न सामाजिक सङ्घसंस्थामा क्रियाशील कवि शाह अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल, गण्डकी प्रदेश समिति, कस्केली अधिकृत समाज आदि संस्थामा अध्यक्षको जिम्मेवारीका साथै विभिन्न संस्थाको संस्थापक÷सल्लाहकार, एवम् पदाधिकारीको जिम्मेवारी सम्हालिसक्नुभएको छ । स्याङ्जाको पुतलीबजार नगरपालिका–७ देउरालीडाँडामा जन्मी हाल पोखरा–६ बैदाम बस्नुहुने उहाँका समयले कोरेका रेखाहरू (लेख सङ्ग्रह—२०६३), गौरव (आधुनिक गीति एल्बम–२०६४), दुई हरफ (कविता सङग्रह–२०६६), नेपाःश्री (आधुनिक गीति एल्बम–२०७१) आदि प्रकाशित छन् । शाहको नेपाः श्री गीति एल्बममा श्रीलङ्काका प्रसिद्ध गायक, सङ्गीतकार डा प्रवात निलन्त पेरिसको स्वर र सङ्गीतमा श्रीलङ्कामा नै रेकर्ड गरिएको थियो । 

नेपाल राष्ट्र बैंकको उपनिर्देशकबाट सेवा निवृत्त भई हाल समाजिक सेवाका क्षेत्रमा क्रियाशील शाहले गद्दी आरोहण रजत पदक–२०५३, नेपाल स्काउट दीर्घ सेवा सम्मान–२०५८, नेपाल राष्ट्र बैंक सेवा पदक–२०६३, अन्नपूर्ण म्युजिक अवार्ड–२०६५, रिनाउन पिस पाएट–लिरिसिष्ट अफ नेपाल श्रीलङ्काबाट सम्मान–२०७२,  अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)छैटौँ साहित्य सम्मेलन सम्मान–२०७५ जस्ता दर्जनौँ सम्मान तथा पुरस्कारबाट सम्मानित भइसक्नुभएको छ ।  

‘बाबा’ साहित्य साधक सम्मान कोषका संस्थापकसमेत रहनुभएका शाहले २०६५ मा गुरुकुल काठमाडौँमा एकल कविता वाचन गर्नुभएको थियोे भने २०६८ मा पोखरा उद्योग वाणिज्य सङ्घको सभाहलमा टिकटकमा एकल कविता वाचन गर्नुभएको थियो । भारत, जर्मन, जापान, बेल्जियम लगायतका विभिन्न १२ देशको भ्रमणको अनुभव सँगालेका शाह साहित्य सिर्जनाका क्षेत्रमा विगत चार दशकभन्दा बढी क्रियाशील हुनुहुन्छ ।