२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने आज अन्तिम दिन पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, आज सातै प्रदेशमा वर्षाको सम्भावना ‘बर्डफ्लु’ पुष्टि भएपछि ३८ हजार कुखुरा नष्ट कांग्रेसको क्रियाशील सदस्यता चार लाख ५७ हजार ३६६ जनाले अद्यावधिक गरे प्रकृति, संस्कृति र इतिहासको अनुपम सङ्गम म्याग्दीको रघुगङ्गा गाउँ यस वर्ष हिन्दुकुश क्षेत्रमा कम मनसुनी वर्षा तर जोखिम यथावत् प्रधानमन्त्री शाहद्वारा भारतीय समकक्षीप्रति बधाई तथा शुभकामना व्यक्त काठमाडौँको कपन क्षेत्रमा भारी वर्षा अबको यात्रा विकास र समृद्धि नै होः सचेतक परियार किसानको पहुँचमा डिजिटल सेवा विस्तार गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

मिनीट्रक र मोटरसाइकल एकापसमा ठोक्किँदा दुईको मृत्यु



अ+ अ-

लम्की । मिनीट्रक र मोटरसाइकल एकापसमा ठोक्किँदा दुईको मृत्यु भएको छ ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको से३प ९४२९ नंको मोटरसाइकल र पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको भे१ख १४१४ नंको मिनीट्रक एकापसमा ठोक्किँदा दुर्घटना भएको हो ।

दुर्घटनामा परी मोटरसाइकलमा सवार जिल्ला समन्वय समिति कैलालीका लेखापाल तेजबहादुर रावल र डडेल्धुरा नवदुर्गा गाउँपालिकाका वीरबहादुर रावलको मृत्यु भएको हो ।

दुर्घटनामा परी गम्भीर घाइते दुवैको सेती अञ्चल अस्पताल धनगढीमा उपचारका क्रममा गए राति मृत्यु भएको प्रहरीले जनाएको छ । मिनीट्रक र चालकलाई जिल्ला प्रहरी कार्यालय कैलालीले नियन्त्रणमा लिएको छ ।