२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने आज अन्तिम दिन पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, आज सातै प्रदेशमा वर्षाको सम्भावना ‘बर्डफ्लु’ पुष्टि भएपछि ३८ हजार कुखुरा नष्ट कांग्रेसको क्रियाशील सदस्यता चार लाख ५७ हजार ३६६ जनाले अद्यावधिक गरे प्रकृति, संस्कृति र इतिहासको अनुपम सङ्गम म्याग्दीको रघुगङ्गा गाउँ यस वर्ष हिन्दुकुश क्षेत्रमा कम मनसुनी वर्षा तर जोखिम यथावत् प्रधानमन्त्री शाहद्वारा भारतीय समकक्षीप्रति बधाई तथा शुभकामना व्यक्त काठमाडौँको कपन क्षेत्रमा भारी वर्षा अबको यात्रा विकास र समृद्धि नै होः सचेतक परियार किसानको पहुँचमा डिजिटल सेवा विस्तार गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

जिदानको पहिलो टार्गेटमा एमबाप्पे, नेयमार र कभानी परेनन् !



अ+ अ-

काठमाडौँ । रियल मड्रिडले पीएसजी स्ट्राइकर केलियन एमबाप्पेलाई सान्टियागो बर्नाबाउ भित्राउन प्रशिक्षक जिनेदिन जिदानले चासो देखाएका छन् ।

मड्रिड फर्किएपछि प्रशिक्षक जिदानले आउँदो समर ट्रान्सफर विन्डोमा एमबाप्पेलाई पहिलो टार्गेटमा राखेका हुन् । एमबाप्पेका लागि रियलले २८० मिलियन युरोको प्रस्ताव राख्ने तयारी गरेको छ ।

फ्रान्सका संचार माध्यमहरका अनुसार दुई वर्षअघि एमबाप्पे रियल मड्रिडमा आबद्ध हुने कुरा चलिरहेका बेला उनी पेरिस सेन्ट जर्मेइनमा आवद्ध भएका थिए । रियल मड्रिडका समर्थकले पनि नयाँ सिजनमा एमबाप्पेलाई सान्टियागो बर्नाबाउमा देख्न चाहेका बताएका छन् ।

नेयमार र इडिन्सन कभानीसँग निकै राम्रो कम्बिनेसन गरिरहेका एमबाप्पे अनुबन्ध गर्न रियलले पीएसजीलाई मनाउनु पर्नेछ ।
जसका लागि उसले यो भन्दा ठूलो रकम खर्च गर्नुपर्न सक्नेछ ।

प्रशिक्षक जिदानको छनोटमा एमबाप्पेबाहेक इडिन हाजार्ड, लेरोई साने, माउरो इकाडी र ह्यारी केन पनि छन् ।