२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

ट्रकको ठक्करबाट बाबुको मृत्यु, छोरा र आमा घाइते



अ+ अ-

चितवन । पूर्वपश्चिम राजमार्ग अन्तर्गत पूर्वी चितवनको खैरहनी नगरपालिका–१ ज्यामिरेमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । मृतयु हुनेमा सिन्धुली जिल्ला जुगेडी नगरपालिका ८ का मोटरसाइकल चालक ४० वर्षीय होमबहादुर मगरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मंगलबार बिहान करिब साढे ९ बजे नारायणगढतर्फ आइरहेको ना४ख ९९८१ नम्बरको ट्रकले विपरीत दिशामा गइरहेको ग१४प ५५७२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मृतक होमबहादुरकी ३० वर्षीया श्रीमती कोमली मगर र ८ वर्षीय छोरा लीलबहादुर पुलामी दुर्घटनामा घाइते भएका छन् ।

उनीहरुको भरतपुरस्थित पुरानो मेडिकल कलेज ९सीएमएस० मा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख सुशीलसिंह राठौरले जानकारी दिए ।