१९ भाद्र २०८३, शुक्रबार
,
Latest
संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ विराट ग्रुपद्वारा बाढीपीडितका लागि रु ७२ लाख सहयोग नेवार समुदायको प्रमुख चाड लाखेजात्रा : भोटेकोशी बाढीका कारण औपचारिकता मात्रै पूरा नानीबाबुहरूलाई प्रधानमन्त्री शाहको सन्देश : यहाँहरूको सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ पृथ्वी बस कम्पनीद्वारा १० लाख सहयोग भरुवा बन्दुकसहित एक जना पक्राउ बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य श्रीमतीको कलेजोले नयाँ जीवन पाएपछि खुसी हुँदै घर फर्किए यादव परिवार विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्रीले पुर्‍याए सिंहदरबारका बेवारिसे गाडी गाउँमा



अ+ अ-

काठमाडौं । सिंहदरबारस्थित विभिन्न मन्त्रालय परिसरमा वर्षौँदेखि बेवारिसे थन्किएका गाडी र मोटरसाइकल प्रभावशाली नेताहरूले आ–आफ्नो क्षेत्रमा बाँडेका छन् । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित र कांग्रेस नेता तथा पूर्वमन्त्री विजयकुमार गच्छदारले आफ्नो निर्वाचन क्षेत्रमा मात्रै १५–१५ गाडी पुर्‍याएका छन् ।

महँगा गाडी मन्त्रालय परिसरमै थन्किन थालेपछि केही महिनाअघि प्रधानमन्त्री कार्यालयले तिनको व्यवस्थापन गर्न निर्देशन दिएको थियो । त्यसलगत्तै कार्यालयका प्रवक्ता विनोद कुँवरको संयोजकत्वमा बेवारिसे गाडी व्यवस्थापन गर्न समिति बनाइएको थियो । समितिले त्यस्ता गाडी स्थानीय तहमा वितरण गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई निर्देशन दियो । तर, मन्त्री र कर्मचारीको पहुँचका आधारमा गाडी बाँडिएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको तथ्यांकअनुसार बाँडिएकामध्ये सबैभन्दा धेरै गाडी मन्त्री पण्डितको क्षेत्रमा पुगेका छन् । उनी मोरङ क्षेत्र नम्बर ६ बाट निर्वा्चित भएका हुन् । मोरङका स्थानीय तहमा मात्रै १५ वटा गाडी बाँडिएका छन् । त्यसमध्ये बुढीगंगा गाउँपालिकामा मात्रै ६ वटा गाडी पुर्‍याइएको खबर नयाँ पत्रिका दैनिकमा छ ।