३१ जेष्ठ २०८३, आईतवार
,
Latest
वर्षा अभावले बाँकेमा धानको ब्याड राख्न ढिलाइ, अधिकांश किसान आकाशे पानीकै भरमा सुनको मूल्य तोलामा १ हजार २ सयले बढ्यो असारमा निक्षेपको प्रतिफल थप खुम्चियो, ७ वाणिज्य बैंकले घटाए ब्याजदर पहिरो र भत्किएका पुलले इलाम सङ्कटमा, मनसुनमा सम्पर्क टुट्ने खतरा लोकसेवा आयोगको ७६औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा प्रभातफेरी रास्वपा लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित भृकुटीमण्डपमा हुने नाइमा मोबिलिटी एक्स्पोमा ४९ ब्रान्ड सहभागी हुने कैलालीको गोदावरी वन क्षेत्रको टेम्पो प्रकरणमा वन कार्यालयको स्पष्टीकरण, ‘दुर्घटनावश भीरबाट खस्यो’ राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छः सभापति थापा अनुसन्धानदाताहरु भन्छन्- प्राज्ञिक अनुसन्धानले सुशासन र विकासमा पनि सघाउँछ
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिस्फोट तथा आगजनी गरेको आरोपमा ‘विप्लव’का ६ जना कार्यकर्ता पक्राउ



अ+ अ-

चितवन । भरतपुर महानगरपालिका कार्यालयमा बिस्फोट तथा आगजनी गरेको आरोपमा चितवनमा विप्लव नेतृत्वको नेकपाका ६ जना कार्यकर्ता प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सचिवालय सदस्य रामप्रसाद तिमिल्सिना, राप्ती नगरपालिकाका जनसरकार प्रमुख गुणराज श्रेष्ठ, अनेरास्ववियु क्रान्तिकारी बीरेन्द्र बहुमुखी क्याम्पसका इकाइ अध्यक्ष विक्रम न्यौपाने, चैत ३ गते जिल्ला सदस्य वीरबहादुर तामाङ र चैत ११ गते राति अखिल क्रान्तिकारी यातायात व्यवसायी संघका जिल्ला अध्यक्ष मित्र केसी र कार्यकर्ता जयबहादुर कुँवर रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी दुर्गा रेग्मीका अनुसार पक्राउ परेका सबैलाई बिस्फोट, आगजनी तथा संगठित अपराध अन्र्तगत म्याद थप गरी मुद्धा चलाइएको बताए । उनीहरुसँग थप सोधपुछ र आवश्यक अनुसन्धान जारी छ ।

केही दिनअघि भरतपुर महानगरपालिका वडा नः ५ को कार्यालयमा बिस्फोट गरी क्षति गराइएको थियो । सोही घटनामा उनीहरुको संलग्नता रहेको भन्दै प्रहरीले बिस्फोट तथा आगजनीको मुद्धा लगाएको छ ।