• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo
Latest
★   सामुदायिक विद्यालयको एसईई उत्तीर्ण प्रतिशत ७८ : विश्व निकेतन बन्यो, देशभरिमै धेरै विद्यार्थीले ४ जीपीए… ★   यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु ★   महासमितिबाट पारित दस्तावेज केन्द्रीय समितिमा लगिने ★   जोशीलाई ‘कौसी क्वीन’ उपाधि ★   रामबहादुर बम्जनलाई १० वर्ष कैद सजाय ★   पूर्वसभापति कोइरालाको शताब्दी जन्मजयन्तीमा कांग्रेसले तस्बिर प्रदर्शनी र विमर्शसभा गर्ने ★   सत्तामा संकटः प्रचण्डको प्रस्तावमा ओलीको मौनता ★   ओलीले पार्टीका मन्त्रीहरुलाई बालकोट बोलाए ★   महामन्त्री ढकालबारे उपसभापति अर्याल: पार्टीको अनुशासनबाहिर गएको भए कारबाही हुन्छ ★   यो वर्ष प्रधानमन्त्री बनिन्छ जस्तो लाग्दैन: ओली

बिस्फोट तथा आगजनी गरेको आरोपमा ‘विप्लव’का ६ जना कार्यकर्ता पक्राउ



चितवन । भरतपुर महानगरपालिका कार्यालयमा बिस्फोट तथा आगजनी गरेको आरोपमा चितवनमा विप्लव नेतृत्वको नेकपाका ६ जना कार्यकर्ता प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सचिवालय सदस्य रामप्रसाद तिमिल्सिना, राप्ती नगरपालिकाका जनसरकार प्रमुख गुणराज श्रेष्ठ, अनेरास्ववियु क्रान्तिकारी बीरेन्द्र बहुमुखी क्याम्पसका इकाइ अध्यक्ष विक्रम न्यौपाने, चैत ३ गते जिल्ला सदस्य वीरबहादुर तामाङ र चैत ११ गते राति अखिल क्रान्तिकारी यातायात व्यवसायी संघका जिल्ला अध्यक्ष मित्र केसी र कार्यकर्ता जयबहादुर कुँवर रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी दुर्गा रेग्मीका अनुसार पक्राउ परेका सबैलाई बिस्फोट, आगजनी तथा संगठित अपराध अन्र्तगत म्याद थप गरी मुद्धा चलाइएको बताए । उनीहरुसँग थप सोधपुछ र आवश्यक अनुसन्धान जारी छ ।

केही दिनअघि भरतपुर महानगरपालिका वडा नः ५ को कार्यालयमा बिस्फोट गरी क्षति गराइएको थियो । सोही घटनामा उनीहरुको संलग्नता रहेको भन्दै प्रहरीले बिस्फोट तथा आगजनीको मुद्धा लगाएको छ ।