३१ जेष्ठ २०८३, आईतवार
,
Latest
वर्षा अभावले बाँकेमा धानको ब्याड राख्न ढिलाइ, अधिकांश किसान आकाशे पानीकै भरमा सुनको मूल्य तोलामा १ हजार २ सयले बढ्यो असारमा निक्षेपको प्रतिफल थप खुम्चियो, ७ वाणिज्य बैंकले घटाए ब्याजदर पहिरो र भत्किएका पुलले इलाम सङ्कटमा, मनसुनमा सम्पर्क टुट्ने खतरा लोकसेवा आयोगको ७६औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा प्रभातफेरी रास्वपा लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित भृकुटीमण्डपमा हुने नाइमा मोबिलिटी एक्स्पोमा ४९ ब्रान्ड सहभागी हुने कैलालीको गोदावरी वन क्षेत्रको टेम्पो प्रकरणमा वन कार्यालयको स्पष्टीकरण, ‘दुर्घटनावश भीरबाट खस्यो’ राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छः सभापति थापा अनुसन्धानदाताहरु भन्छन्- प्राज्ञिक अनुसन्धानले सुशासन र विकासमा पनि सघाउँछ
तपाईं के खोज्दै हुनुहुन्छ ?

नागार्जुनमा गणेशमान उद्यान बन्ने



अ+ अ-

काठमाडौँ । नागार्जुन नगरपालिका–६ मा गणेशमान स्मृति उद्यान निर्माण गरिने भएको छ । काठमाडौँ जिल्लाका प्रत्येक नगरपालिकामा ‘एक वडा एक पार्क’ बनाउने काठमाडौँ महानगरपालिकाको नीतिअनुसार नगरपालिका–६ स्थित डाँडापौवामा गणेशमान स्मृति उद्यान निर्माण गरिने नगर प्रमुख मोहनबहादुर बस्नेतले जानकारी दिनुभयो । कामपाले उद्यान बनाउन जिल्लाका १० नगरपालिकालाई रु एक एक करोड उपलब्ध गराएको छ ।

कामपा र नगरपालिकाको सहकार्यमा पूर्वमा निजी जग्गा, पश्चिममा श्यामेश्वर गणेशमान सामुदायिक वन, उत्तरमा निजी आवास क्षेत्र र दक्षिण बाटो चार किल्लाभित्र करीब २२ रोपनी क्षेत्रफलमा रु चार करोड ८३ लाखको लागतमा उद्यान निर्माण गरिने नगर प्रमुख बस्नेतले बताउनुभयो ।

सो उद्यान निर्माणसम्बन्धी सम्झौता भएर विस्तृत परियोजना प्रतिवेदन तयार भई बोलपत्रमा जाने क्रममा रहेको बताइएको छ । उक्त उद्यानमा लौहपुरुष गणेशमान सिंहको शालिक स्थापना र उहाँको जीवनीका मूलभूत अवस्था उल्लेख गरी नगरपालिकाका १० वटै वडामा रहेका मुख्य धार्मिक, ऐतिहासिक, पुरातात्विक, प्राकृतिक र सांस्कृतिक पहिचान झल्कने आकृति तयार गरिनेछन् ।

साथै पृथ्वीनारायण शाहले उपत्यका विजय गर्दा प्रवेश मार्गका रूपमा प्रयोग गरेको स्थानका रुपमा झल्कने आवश्यक व्यक्तिको पहिचान तथा घटस्थापनामा गोरखाबाट हनुमानढोकामा फूलपाती ल्याइने मार्गबारे अनुसन्धानमूलक यथोचित सूचना सम्प्रेषण गर्ने एक रमणीयस्थलका रुपमा उद्यानको निर्माण गरिने बताइएको छ ।