• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo
Latest
★   सामुदायिक विद्यालयको एसईई उत्तीर्ण प्रतिशत ७८ : विश्व निकेतन बन्यो, देशभरिमै धेरै विद्यार्थीले ४ जीपीए… ★   यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु ★   महासमितिबाट पारित दस्तावेज केन्द्रीय समितिमा लगिने ★   जोशीलाई ‘कौसी क्वीन’ उपाधि ★   रामबहादुर बम्जनलाई १० वर्ष कैद सजाय ★   पूर्वसभापति कोइरालाको शताब्दी जन्मजयन्तीमा कांग्रेसले तस्बिर प्रदर्शनी र विमर्शसभा गर्ने ★   सत्तामा संकटः प्रचण्डको प्रस्तावमा ओलीको मौनता ★   ओलीले पार्टीका मन्त्रीहरुलाई बालकोट बोलाए ★   महामन्त्री ढकालबारे उपसभापति अर्याल: पार्टीको अनुशासनबाहिर गएको भए कारबाही हुन्छ ★   यो वर्ष प्रधानमन्त्री बनिन्छ जस्तो लाग्दैन: ओली

नागार्जुनमा गणेशमान उद्यान बन्ने



काठमाडौँ । नागार्जुन नगरपालिका–६ मा गणेशमान स्मृति उद्यान निर्माण गरिने भएको छ । काठमाडौँ जिल्लाका प्रत्येक नगरपालिकामा ‘एक वडा एक पार्क’ बनाउने काठमाडौँ महानगरपालिकाको नीतिअनुसार नगरपालिका–६ स्थित डाँडापौवामा गणेशमान स्मृति उद्यान निर्माण गरिने नगर प्रमुख मोहनबहादुर बस्नेतले जानकारी दिनुभयो । कामपाले उद्यान बनाउन जिल्लाका १० नगरपालिकालाई रु एक एक करोड उपलब्ध गराएको छ ।

कामपा र नगरपालिकाको सहकार्यमा पूर्वमा निजी जग्गा, पश्चिममा श्यामेश्वर गणेशमान सामुदायिक वन, उत्तरमा निजी आवास क्षेत्र र दक्षिण बाटो चार किल्लाभित्र करीब २२ रोपनी क्षेत्रफलमा रु चार करोड ८३ लाखको लागतमा उद्यान निर्माण गरिने नगर प्रमुख बस्नेतले बताउनुभयो ।

सो उद्यान निर्माणसम्बन्धी सम्झौता भएर विस्तृत परियोजना प्रतिवेदन तयार भई बोलपत्रमा जाने क्रममा रहेको बताइएको छ । उक्त उद्यानमा लौहपुरुष गणेशमान सिंहको शालिक स्थापना र उहाँको जीवनीका मूलभूत अवस्था उल्लेख गरी नगरपालिकाका १० वटै वडामा रहेका मुख्य धार्मिक, ऐतिहासिक, पुरातात्विक, प्राकृतिक र सांस्कृतिक पहिचान झल्कने आकृति तयार गरिनेछन् ।

साथै पृथ्वीनारायण शाहले उपत्यका विजय गर्दा प्रवेश मार्गका रूपमा प्रयोग गरेको स्थानका रुपमा झल्कने आवश्यक व्यक्तिको पहिचान तथा घटस्थापनामा गोरखाबाट हनुमानढोकामा फूलपाती ल्याइने मार्गबारे अनुसन्धानमूलक यथोचित सूचना सम्प्रेषण गर्ने एक रमणीयस्थलका रुपमा उद्यानको निर्माण गरिने बताइएको छ ।