१२ भाद्र २०८३, शुक्रबार
,
Latest
नाडा अटो शोमा बैंकहरूको विशेष अफर, ग्राहकलाई छनौटको अवसर डब्ल्यूएचओले क्षयरोग महामारी अन्त्य गर्न विश्वव्यापी प्रयासलाई तीव्र बनाउने घोषणा भोटेकोशी बाढीः एक प्रहरीसहित ५४७ जनाको शव फेला भोटेकोशी बाढीः मधेसका १५ जना परिवारको सम्पर्कमा प्रसूतिका क्रममा जटिलता देखिएपछि मन्दया कामीको हेलिकप्टरबाट उद्धार बाढीपीडितलाई सुदूरपश्चिम कांग्रेस संसदीय दलद्वारा तीन लाख ६० हजार सहयोग विपदमा हामी के गर्न सक्छौ ? रवीन्द्र ढाँट रोड टू यूएफसी सिजन–५ को फाइनलमा प्रधानमन्त्री राहत कोषमा ८७ वर्षीया राणाद्धारा एक करोड ९ लाख सहयोग नेपाल चेम्बरद्वारा प्रहरीलाई १७ वटा ‘सर्भिलेन्स ड्रोन’ हस्तान्तरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

मध्यपुरथिमि नगरपालिकाले आफ्नै क्यालेण्डर बनाउने, स्थानीय पर्वमा बिदा आफुखुशि दिने



अ+ अ-

भक्तपुर । मध्यपुरथिमि नगरपालिकाले आफ्नै क्यालेण्डर बनाएर पर्वमा बिदा आफुखुशि दिने घोषणा गरेको छ । उसलेआफ्नो स्थापना दिवसमा सार्वजनिक बिदा तथा अन्य पर्वमा समेत थप गरेर बिदा दिने तयारी गरेको छ ।

नगरपालिकाले आज आयोजना गरेको पत्रकार सम्मेलनमा नगर प्रमुख मदनसुन्दर श्रेष्ठले नगरपालिकाले आफ्नै क्यालेण्डर बनाउने बताए ।

उनले भने, ‘स्थानीय सरकारका रूपमा नगरपालिकाले आफ्नै क्यालेण्डर बनाउने र स्थापना दिवसलगायत बिस्केट जात्रामा चार दिन तथा अन्य स्थानीय पर्वमा बिदा दिने गरी क्यालेण्डर निर्माण गरेका छौं ।’

पत्रकार सम्मेलनमा नगरपालिकाका प्रवक्ता एवं वडा नं २ का अध्यक्ष राम थापामगरले नगरपालिकाले भोलि १४ गते आफ्नो २३ औँ स्थापना दिवस मनाउने भएको बताए ।

गत वर्ष नगर प्रमुख श्रेष्ठ र उपप्रमुख अञ्जनादेवी मधिकर्मीले स्थापना दिवस छुट्टाछुट्टै मनाए पनि यस वर्ष भने एउटै स्थापना दिवस मनाउने भएको उपप्रमुख मधिकर्मीले बताए ।

उनले गत वर्ष नगरप्रमुखसँगको विवादका कारण आफूले छुट्टै स्थापना दिवस मनाए पनि यस वर्षदेखि भने विवाद नगर्ने र एउटै स्थापना दिवस मनाउने सहमति भएकाले विवादरहितरूपमा दिवस मनाउन लागेको बताए ।