२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालमै २५ रुपैयाँमा खाना खान पाईने ! हेर्नुहोस् यस्तो ठाँउ



अ+ अ-

काठमाडौं । झट्ट सुन्दा नेपालमा २५ रुपैयाँमै शुद्ध शाकाहारी खाना दिन्छ भनेर तपाई पत्याउनुहुन्छ ? अह पत्याउनुहुन्न । तर यो सत्य हो, भैरहवामा एकजना व्यवसायीले यस्तै अपत्यारिलो कामको शुरुवात गर्न लाग्नु भएको छ ।

पेशाले कन्स्ट्रक्सन इन्जिनियर रहनु भएका मारवाडी समुदायका रविकुमार रौनियारले आफ्नी स्वर्गीय आमा मायादेवीको सम्झनामा आउँदो बैशाखदेखि बिहानको एक छाक शुद्ध शाकाहारी खाना २५ रुपैयाँमै उपलब्ध गराउँनु हुने भएको छ ।

मायादेवी च्यारिटेबल फाउण्डेसन अन्तर्गत अन्नपूर्ण भोजनालयले बेशेषगरी सरकारी स्कूलका बिद्यार्थी, अस्पताल, धेरै मजदुरहरुले काम गर्ने स्थानहरुमा फाउण्डेसनले मिनी ट्रकमार्फत घुम्ती सेवा शुरु गरेर खाना खुवाउने रौनियारले बताउनुभयो ।

रणअम्बिका आँखा अस्पताल, भीम अस्पताल, युनिभर्सल मेडिकल कलेज, धेरै विद्यार्थी पढ्ने सरकारी स्कूलहरुमा यस्तो सेवा दिने उहाँको योजना रहेको छ।