• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo
Latest
★   सामुदायिक विद्यालयको एसईई उत्तीर्ण प्रतिशत ७८ : विश्व निकेतन बन्यो, देशभरिमै धेरै विद्यार्थीले ४ जीपीए… ★   यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु ★   महासमितिबाट पारित दस्तावेज केन्द्रीय समितिमा लगिने ★   जोशीलाई ‘कौसी क्वीन’ उपाधि ★   रामबहादुर बम्जनलाई १० वर्ष कैद सजाय ★   पूर्वसभापति कोइरालाको शताब्दी जन्मजयन्तीमा कांग्रेसले तस्बिर प्रदर्शनी र विमर्शसभा गर्ने ★   सत्तामा संकटः प्रचण्डको प्रस्तावमा ओलीको मौनता ★   ओलीले पार्टीका मन्त्रीहरुलाई बालकोट बोलाए ★   महामन्त्री ढकालबारे उपसभापति अर्याल: पार्टीको अनुशासनबाहिर गएको भए कारबाही हुन्छ ★   यो वर्ष प्रधानमन्त्री बनिन्छ जस्तो लाग्दैन: ओली

भेटियो हतियार बनाउने कारखाना, सञ्चालक पक्राउ



बाँके । नेपाल प्रहरीले नेपालगन्ज उपमहानगरपालिकामा अवैध हतियार बनाउने कारखाना फेला परेको छ । शुक्रबार बिहान हतियार कारखाना फेला पारेको हो ।

महानगरको वडा नम्बर ८ छापा मार्दा प्रहरीले संचालक जंगबहादुर नेपालीलाई नियन्त्रणमा लिएको हो । प्रहरीले कारखानामा काठको कुन्दा ७ थान, एयर गन पेस्तोल १ थान, हतियारमा प्रयोग हुने नाल १० थान, हतियारमा नम्बर ठोक्न प्रयोग हुने साँचो २६ थान, लामो स्प्रिङ ३ थान आरनलगायतका सामान भेटिएको वडा प्रहरी कार्यालय नेपालगन्जका प्रमुख प्रहरी निरीक्षक नारायण डाँगीले जानकारी दिए।

नेपालीलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा पठाइएको छ।