१८ फाल्गुन २०८१, आईतवार
March 2, 2025 Sunday

21.27°C

काठमाडौं

21.27°C

Kathmandu

Feels-like: 20.58

Wind: 5.14

Humidity: 43

Latest
केपी ओली कपको उपाधिमा मच्छिन्द्र र आर्मीको दाबी ‘नशा नशामा, रगत रगतमा’ गीत गाएर भाइरल भएकी राधा बादीको मृत्यु नागरिक लगानी कोषका सहभागीहरूलाई र शहीद गंगालाल राष्ट्रिय ह्दय केन्द्रमा विशेष छुट सय रुपैयाँको रिचार्ज किन्दा ५० पैसा बीमा कोषमा जाने व्यवस्था गर्नुपर्छः स्वास्थ्यमन्त्री पौडेल तीन वर्षदेखि धुलिखेल–खावा खण्डमा यात्रा गर्न सास्ती अज्ञात रोगले बङ्गुर मर्न थालेपछि किसान चिन्तित ट्राफिक व्यवस्थापन गर्न १८० जना नगर प्रहरीलाई १५ दिने तालिम सुरु च्याम्पियन्स ट्रफीः ग्लेन फिलिप्सले लिए कोहलीको उत्कृष्ट क्याच पार्टीमा लागेको रोगको उपचार खोज्न जनतामा आयौं: प्रचण्ड आगामी वर्षको हरितालिका तीजमा ‘जनै हराएको बाहुन’
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकार आफू असफल भयो र काँग्रेसविरुद्धको दुष्प्रचारमा ओर्लियो– डा.महत



अ+ अ-

गुल्मी । नेपाली काँग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महतले वर्तमान सरकार नेपाली काँग्रेस विरुद्धको दुष्प्रचारमा ओर्लिएको बताएका छन् । उनले भने– सरकार आफू असफल भयो र त्यसपछि सरकार र प्रधानमन्त्री स्वयं नै काँग्रेस विरुद्धको दुष्प्रचारमा ओर्लिएका छन्, यो राजनीतिक असहिष्णुताको पराकाष्ठा हो ।

गुल्मीमा आयोजित नेपाली नेपाली काँग्रेसको आमसभालाई सम्बोधन गर्दै उनले भने– माओवादीलाई शान्ति प्रक्रियामा ल्याउने काँग्रेस, संविधान सभाको निर्वाचन गराउने काँग्रेस, उनीहरुको सरकारले संविधान बनाउन नसकेपछि संविधान बनाउने काँग्रेस, मधेशीलाई समेत विश्वासमा ल्याएर निर्वाचन गराउने काँग्रेस, संविधान कार्यान्वयन गर्ने काँग्रेस, अनि त्यही संविधानबमोजिम सरकारमा गएर दुई तिहाईको दम्भ देखाएर प्रधानमन्त्रीले नै काँग्रेसलाई गालीगलौजमा उत्रिन लाज लाग्दैन ?

नेपाली काँग्रेस राजनीतिक सहिष्णुतामा विश्वास गर्ने प्रजातान्त्रिक पार्टी हो र स्वस्थ आलोचना सहन सक्ने क्षमता राख्दछ, तर पनि यसरी अहिलेको कम्युनिष्ट सरकारले यसैगरी काँग्रेसका विरुद्धमा दुष्प्रचार मात्र गर्ने हो भने यो कदापि सह्य नहुने डा महतले बताए ।

देशमा कम्युनिष्टले दुष्प्रचार गरेर बहुमत ल्याएको र जनतालाई दिएका ती फोस्रा आश्वासनहरु सबै जनतालाई थाहा पाइसकेको उनले बताए । यो सरकारबाट कदापि जनताको हित हुदैन, देशको विकास हुदैन उनले भने– त्यो वास्तविकता जनताले थाहा पाइसकेका छन् हामीले भन्नै पर्दैन । यस्तो अवस्थामा पनि त्यो पार्टी छोडेर देशैभरि हजारौँ नेता कार्यकर्ताहरु काँग्रेसमा प्रवेश गर्नु नै यसको उदाहारण हो ।

नेपाली काँग्रेसले विसं २०४६ पछि गाउँमा बाटो, विद्यालय, स्वास्थय चौकी, पूर्वाधार निर्माणका काम सबै नेपालीमा जगजाहेर नै भएको भन्दै तर विकासका काममार्फत जनताको मन जितेर आपूmले सत्ता प्राप्ति गर्न नसकेपछि हिंसाको बाटो समातेको माओवादीकै कारण देश पछि परेको र उनीहरुलाई शान्ति प्रक्रियामा ल्याउन पनि गिरिजाबाबुले के कति काम गरेका छन् भन्ने कुरा सबैले बुझेको उनले स्मरण गरे ।

डा.महतले वर्तमान कम्युनिष्ट सरकारको छत्रछायाँमा इतिहासमै सबैभन्दा बढी भ्रष्टाचार मौलाएको धारणा राखे । उनले भने– सरकारले राज्यका हरेक अंगहरुलाई आफ्नो दुई तिहाई बहुमतको त्रासमा राखेर ब्रम्हलुट मच्चाएको छ, नागरिक समाज, प्रेस र अदालतलाई समेत त्रस्त बनाएको छ ।


सरकारको यही असहिष्णु व्यवहार, अपरिपक्वता र भ्रष्टाचारका कारण देशमा वैदेशिक लगानी घटेको तथ्य सबैका सामु छर्लङ्गै देखिएको तर्क डा महतले पेश गरे । यो सरकारले स्वदेशी लगानीलाई प्रबर्धन गर्न तथा वैदेशिक लगानी भित्र्यान नसकेको र यो सरकारका हातबाट त्यस्तो सहज खालको वातावरण पनि निर्माण हुन नसक्ने दाबी गरे ।


यो सरकारको अप्रजातान्त्रिक क्रियाकलाप र व्यवहारका कारण विश्वासको वातावरण बन्न नसकेको उनले बताए । प्रतिपक्षीलाई विश्वासमा लिएर काम गर्नुको सट्टा निषेधको राजनीतिक गरेको भन्दै यही अवस्था रहने हो भने काँग्रेस आन्दोलनमा उत्रिन बाध्य हुने उनको भनाई थियो । डा.महतले यो सरकारले सच्चिएर काम गरेन भने काँग्रेसले सशक्त आन्दोलन गर्ने र सरकारका ज्यादतिहरुको जवाफ आन्दोलनबाटै दिने धारणा राखे ।