१२ भाद्र २०८३, शुक्रबार
,
Latest
नाडा अटो शोमा बैंकहरूको विशेष अफर, ग्राहकलाई छनौटको अवसर डब्ल्यूएचओले क्षयरोग महामारी अन्त्य गर्न विश्वव्यापी प्रयासलाई तीव्र बनाउने घोषणा भोटेकोशी बाढीः एक प्रहरीसहित ५४७ जनाको शव फेला भोटेकोशी बाढीः मधेसका १५ जना परिवारको सम्पर्कमा प्रसूतिका क्रममा जटिलता देखिएपछि मन्दया कामीको हेलिकप्टरबाट उद्धार बाढीपीडितलाई सुदूरपश्चिम कांग्रेस संसदीय दलद्वारा तीन लाख ६० हजार सहयोग विपदमा हामी के गर्न सक्छौ ? रवीन्द्र ढाँट रोड टू यूएफसी सिजन–५ को फाइनलमा प्रधानमन्त्री राहत कोषमा ८७ वर्षीया राणाद्धारा एक करोड ९ लाख सहयोग नेपाल चेम्बरद्वारा प्रहरीलाई १७ वटा ‘सर्भिलेन्स ड्रोन’ हस्तान्तरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल एयरलाइन्सको भाडामा मनपरी, सीताले यात्रु बोक्नै छोड्यो



अ+ अ-

हुम्ला । नेपाल एयरलाइन्स जहाजका कर्मचारीकै मनपरि उडनले गर्दा यात्रुहरुले सास्ती खेप्नु परेको छ । नेपालगञ्जस्थित नेपाल एयरलाइन्सको कार्यालयले एक हप्ताअघि वितरण गरेको जहाजको टिकट विभिन्न कारण देखाउँदै विमानस्थलमा बोलाउने र फर्काउने गरेको सिमकोट गाउँपालिका–८ निवासी छक्कबहादुर शाहीले बताए ।

आफू नेपाली सेना पाल्पा ब्यारेकमा कार्यरत भएको बताउने शाही २० दिनका लागि घर बिदा लिएर आएको र जहाजको टिकट धाउँदा २ हप्ता बितिसक्यो, अब घर कसरी जाने भन्ने बारेमा चिन्ता गरे ।

नेपालकै ७७ वटा जिल्लामध्ये सडक यातायातले नछोएको हुम्ला जिल्लामा सरकारी स्वामित्वको जहाजले समेत उडानमा ठग्दै आएको सिमकोट उडानका लागि जहाज टिकट लिएर बसेका शाहीले गुनासो गरे ।

नेपाल एयरलाइन्सको नियमित उडान भर्ने भनिए पनि जहाजमा कहिले प्राविधिक गडबडी त कहिले कर्मचारी समस्या देखाउँदै उडान स्थगित गर्दै आएको विमानस्थलमा कार्यरत नाम नबताउने शर्तमा एक कर्मचारीले बताए ।

दुर्गम हुम्लाको सिमकोट विमानस्थलमा उडान भर्दै आएका निजी सीता एयरलाइन्स कम्पनीले यात्रु बोक्न छोडेर काग्रोको समानमा चर्को भाडा असुल्दै उडान गरेको नेपाल समाचारपत्र दैनिकमा खबर छ ।