१२ भाद्र २०८३, शुक्रबार
,
Latest
नाडा अटो शोमा बैंकहरूको विशेष अफर, ग्राहकलाई छनौटको अवसर डब्ल्यूएचओले क्षयरोग महामारी अन्त्य गर्न विश्वव्यापी प्रयासलाई तीव्र बनाउने घोषणा भोटेकोशी बाढीः एक प्रहरीसहित ५४७ जनाको शव फेला भोटेकोशी बाढीः मधेसका १५ जना परिवारको सम्पर्कमा प्रसूतिका क्रममा जटिलता देखिएपछि मन्दया कामीको हेलिकप्टरबाट उद्धार बाढीपीडितलाई सुदूरपश्चिम कांग्रेस संसदीय दलद्वारा तीन लाख ६० हजार सहयोग विपदमा हामी के गर्न सक्छौ ? रवीन्द्र ढाँट रोड टू यूएफसी सिजन–५ को फाइनलमा प्रधानमन्त्री राहत कोषमा ८७ वर्षीया राणाद्धारा एक करोड ९ लाख सहयोग नेपाल चेम्बरद्वारा प्रहरीलाई १७ वटा ‘सर्भिलेन्स ड्रोन’ हस्तान्तरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

घर र गाडी नपाउँदा श्रीमतीको हत्या



अ+ अ-

वीरगन्ज । नारायणी अस्पतालका डाक्टर सचितानन्द यादवको कुटाइबाट उनकी श्रीमती सुनीतादेवीको ज्यान गएपछि माइती पक्ष आन्दोलित भएको छ । दोषीलाई कारबाही गर्नुपर्ने मागसहित शनिबार सचेत नागरिक वीरगन्जको अगुवाइमा उनीहरूले प्रदर्शन गरेका हुन् ।

‘अब डाक्टर र इन्जिनियर ज्वाइँ खोज्नुभन्दा पनि छोरीचेलीलाई पढाएर डाक्टर, इन्जिनियर बनाउनुपर्छ’, र्‍यालीमा सहभागी रितेश त्रिपाठीले भने, ‘तब मात्र छोरीचेली दाइजोको आगोमा जल्नुपर्दैन ।’

सुनीताका दाजु जयप्रकाश यादवले सुख हुन्छ भन्ने सोची डाक्टर खोजेर बिहे गरिदिएको सुनाए । ‘दाइजोमा साढे १२ लाख नगद र गरगहना दिएका थियौं’, उनले भने, ‘तर, उसले दाइजोकै निहुँमा मेरी बहिनीको हत्या गर्‍यो ।’ बिहेपछि कार र घर नकिनिदिँदा ज्वाइँले बहिनीको हत्या गरेको उनले उल्लेख गरे । श्रीमानको कुटाइबाट गम्भीर घाइते भएकी सुनीतादेवीको उपचारका क्रममा काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमा शुक्रबार साँझ मृत्यु भएको खबर अन्नपूर्ण पोष्टमा प्रकाशित छ ।