१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar बागलुङ पहिरोः मृतकको सङ्ख्या १२ पुग्यो News Polar मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पोखरी News Polar सञ्चालनको पर्खाइमा नेपालगन्ज सिटी हल News Polar मौलिकताको आँगनमा पर्यटनको पाइला: सिङ्दी गाउँ News Polar परराष्ट्रमन्त्री खनाल र श्रीलंकाका विदेशमन्त्री हेराथ बीच भेटवार्ता News Polar मनाङ पुगेका पर्यटक फर्किन थाले News Polar एसियाली खेलकुद : क्रिकेट खेल रद्द हुँदा नेपाल प्रतियोगिताबाट बाहिरियो News Polar उद्योग संरक्षण र लगानी सुरक्षामा हामी केन्द्रित हुन्छौँः मुख्यमन्त्री थापा News Polar कालीगण्डकी बाढीले उजाडियो तिल्केनी News Polar मृतकका परिवारलाई एक लाख राहत News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar पाँचथरमा धान–मकै छाडेर अलैँचीतर्फ किसानको आकर्षण News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर

दाइजो प्रचलन उन्मुलन खोई ? दाइजो नपाएको निहुँमा सुनिताको मृत्यु

दाइजो प्रचलन उन्मुलन खोई ? दाइजो नपाएको निहुँमा सुनिताको मृत्यु
अ अ+ अ-

वीरगन्ज । थप दाइजो नपाएको निहुँमा सुनीता यादवको घरपक्षले उनलाई विवाहको दोस्रो महिनादेखि निरन्तर यातना दिएको खुलेको छ । उनको उफचारकै क्रममा शुत्रबार राति काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको छ ।

सुनीताले ०६२ असार २ मा जिल्ला प्रशासन कार्यालय पर्सामा जीउज्यानको सुरक्षा माग्दै निवेदनसमेत दिएकी थिइन् । त्यस बेला उनका पति डा। सचितानन्द यादवले आइन्दा गल्ती नदोहोर्‍याउने भन्दै लिखित रुपमै माफी मागेको हरिखेतान बहुमुखी क्याम्पस प्रमुख भगवान यादवले बताए । उनी सुनीताका पारिवारिक सदस्य हुन् ।

नारायणी अस्पतालमा कार्यरत सचितानन्दसँग बारा, परवानीपुर–५ की सुनीताको ०५९ फागुन ९ मा विवाह भएको थियो । माइती पक्षले १२ लाख ५० हजार नगद, २ लाख ५० हजार रुपैयाँको गरगहना र अन्य सामान गरी झन्डै २० लाख रुपैयाँ खर्चेको थियो ।

बहिनीलाई पहिलोपल्ट माइती बोलाउन गएका दाजु मनोहरसँग सचितानन्दका आमाबुबाले डाक्टर छोराका लागि एउटा मारुती कार र वीरगन्जमा घर खरिद गर्न भन्दै थप पैसा मागेका थिए । मनोहर आफूसँग त्यति पैसा नभएकाले बुबालाई जानकारी गराउन भन्दै बहिनीलाई घर लिएर आएका थिए । स्थानीय प्रशासनमा सुनीताले दिएको निवेदनमा उल्लेख छ, ‘डा। सचितानन्दले बुवा कमलप्रसाद यादवलाई मारुती कार र घर खरिदका लागि पैसा माग गरेका थिए, बुबाले हाल त्यति धेरै पैसा दिने क्षमता नभएको जवाफ दिएका थिए ।’

निवेदनअनुसार घर फर्केपछि उनीमाथि झन् दुर्व्यवहार हुन थाल्यो । ०६२ जेठ २१ मा गरगहना र कपडा खोसेर वीरगन्जको घरबाट निकालिदिए । उनी हरपतगन्जस्थित पुरानो घरमा बस्न थालिन् । एउटा कागजमा सही गर्न नमानेपछि मट्टीतेल छर्केर आगो लगाउने प्रयाससमेत भएको थियो । स्थानीयका अनुसार मट्टीतेल छर्केपछि सुनीता चिच्याउँदै घरबाहिर निस्किइन् । भागेर माइती पुगिन् । त्यसलगत्तै जिल्ला प्रशासनमा उजुरी गरेकी हुन् ।

सचितानन्दले ०६४ सालतिर दाइजोकै लागि सीमावर्ती विहार, रक्सौलकी एक महिलासँग दोस्रो विवाह गरे । जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका उनले दाइजो नलिएको र सुनीतामाथि कुटपिट नगरेको दाबी गरेका छन् । ‘विवाह हुँदा म बेहुला थिएँ,’ उनले भनेका छन्, ‘दाइजोको विषयमा मलाई जानकारी भएन ।’

गम्भीर कुटपिट भएको खुलेपछि सोमबार सुनीताको माइती पक्षले सचितानन्दको परिवारविरुद्ध ज्यान मार्ने उद्योगमा उजुरी दिएको थियो । प्रहरीले अब कर्तव्य ज्यान मुद्दा दर्ता गरिने जनाएको छ । जिल्ला प्रहरी प्रवक्ता अनन्तराम शर्माले घटनापछि सचितानन्दको परिवार सम्पर्कविहीन रहेको जनाए।

सुनीताको पक्षमा न्याय माग्दै शनिबार विहान वीरगन्जमा दबाब र्‍याली निकालिएको छ । शिक्षित परिवारमै दाइजोलाई लिएर यस्तो घटना हुनु दुःखद् भएको सहभागीले बताएका थिए। कान्तिपुर दैनिकमा खबर छ ।