६ आश्विन २०८१, आईतवार
,
Latest
मन्त्री खड्काद्वारा सुनसरी–मोरङ सिँचाइ आयोजनाको समस्या समाधान गर्न निर्देशन दुई वर्षदेखि खेलमैदान अलपत्र रेष्टुराँमा परिकार बनिरहेको अरिङ्गाल किन जोगाउनुपर्छ ? नरेशले ममताको हत्या गरी फरक–फरक ठाउँ डिस्पोज गरेका थिए अर्थमन्त्री पौडेल र आइएमएफ उपनिर्देशकबीच शिष्टाचार भेट मार्क्सवादी दिसानायके श्रीलंकाको भावी राष्ट्रपति हुने, रनिल विक्रमासिंघेको हार भुक्तानी नपाएपछि लुम्बिनी क्षेत्र भित्र निर्माणका काम ठप्प, निर्माण व्यवसायी धर्नामा गर्भवतीको हेलिकप्टरमार्फत उद्धार एकैदिन १७ सयले बढ्दै सुन मूल्यमा नयाँ रेकर्ड, तोलामा कति पुग्यो? कोरियाले नेपाललाई दिएका गाईका बाछी स्थानीयलाई उपहार
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

खाडी लैजान्छु भन्दै दिल्लीमा बन्धक, १२ नेपाली महिलाको उद्धार



अ+ अ-
फाईल फोटो

काठमाडौँ । दिल्लीमा बन्धक बनाएका १२ नेपाली महिलाको उद्धार गरिएको छ । इराक, कुवेत र दुबई पठाइदिने भन्दै केही महिना देखि नयाँदिल्लीमा बन्धक बनाएर राखेको महिलाहरुको शनिबार मध्यरातिमा उद्धार गरिएको हो ।

दिल्ली महिला आयोग, दिल्ली प्रहरी, नेपाली दूतावास र केआई नेपालको संयुक्त टोलीले शनिबार राति छापामारेर उनीहरुको उद्धार गरेको हो। उनिहरु सबैलाई नयाँदिल्लीको बाहिरी क्षेत्रमा पर्ने छावला थाना र द्वारकामा बन्धक बनाएर राखिएको थियो ।

१२ जना मध्य ८ जनालाई कुतुब बिहारस्थित एउटा घरमा दुईवटा कोठामा र बाँकी चार जनालाई श्यामबिहारमा एउटा कोठामा राखिएको थियो।

उद्धार गरिएका महिलाहरुले बताए अनुसार केहीलाई एक साता अघि र केहीलाई दुई महिनाअघि नै दिल्ली पुर्याइएको हो। उनीहरुलाई नेपालगञ्ज, सुनौली, काकडभिट्टा नाकाहुँदै बसमा ल्याइएको हो।

वैदेशिक रोजगारको गिरोहका एक सदस्य उदय रानाले उनीहरुलाई आकर्षक तलब सुविधा पाउने गरी घरेलु कामदारका रुपमा कुवेत, इराक र दुबई पठाइदिने प्रलोभन दिएको थियो। त्यसका लागि उनीहरुले रानालाई पासपोर्ट र बीसहजार देखि दुईलाखसम्म नगद बुझाएका थिए।

उद्धार गरिएका महिलाहरुलाई आवश्यक कानुनी प्रक्रियापछि नेपाल फर्काइने बताइएको छ। उनीहरुका तर्फबाट रानाविरुद्ध छावला थानामा एफआइआर दायर गरिएको छ। मुद्दालगायतका कानुनी प्रक्रिया पूरा भएपछि नेपाल फर्काउने प्रक्रिया सुरु हुने केआई नेपालका दिल्ली प्रतिनिधि नविन सिहंले बताए।